प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ८/०५ p. ३
  • प्रचार गर्ने समय अहिल्यै हो!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रचार गर्ने समय अहिल्यै हो!
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • अग्रगामी सेवकाईका आशिष्‌हरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • “तपाईं राम्रो अग्रगामी बन्‍न सक्नुहुन्छ!”
    हाम्रो राज्य सेवकाई—२०१०
  • के तपाईं नियमित अग्रगामी सेवा गर्न सक्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००७
  • के अहिले तपाईंको लागि अग्रगामीको ढोका खुला भएको छ?
    हाम्रो राज्य सेवकाई—१९९९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 ८/०५ p. ३

प्रचार गर्ने समय अहिल्यै हो!

१. किन प्रचार गर्ने समय अहिल्यै हो?

१ “परमेश्‍वरसँग डराओ, र उहाँलाई महिमा देओ।” स्वर्गदूतहरूको निर्देशनमा यो सन्देश “हरेक जाति, कुल, भाषा र मानिसहरूलाई” घोषणा गरिंदैछ। किन? “किनकि [परमेश्‍वरको] ठूलो इन्साफको समय आएको छ।” आज हामी त्यस ‘इन्साफको समयमा’ बाँचिरहेका छौं र त्यसको चरमोत्कर्षमा यस वर्तमान रीतिरिवाजको विनाश हुन्छ। मानिसहरूले “स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत” गर्नु अत्यावश्‍यक छ। “अनन्त सुसमाचार” घोषणा गर्नु जस्तो महत्त्वपूर्ण वा जरुरी काम अहिले अरू कुनै छैन। हो, प्रचार गर्ने समय अहिल्यै हो!—प्रका. १४:६, ७.

२. यहोवाका सेवकहरूले, अहिले ढिलासुस्ती गर्ने समय होइन भनेर बुझेको कुरा आफ्नो कामबाट कसरी देखाइरहेका छन्‌?

२ विगत दस वर्षमा, यहोवाका सेवकहरूले राज्य प्रचारकार्य र चेला बनाउने काममा करिब १२ अरब घण्टा बिताएका छन्‌। यस आध्यात्मिक कटनीको काममा अझ बढी भाग लिन धेरैले आफ्नो जीवनमा काँटछाँट गरेका छन्‌। (मत्ती ९:३७, ३८) उदाहरणका लागि, गत वर्ष सरदर ८,५०,००० भन्दा बढी प्रकाशकहरूले हरेक महिना अग्रगामी सेवा गरे। नियमित अग्रगामीहरूले हरेक महिना ७० घण्टा र सहायक अग्रगामीहरूले ५० घण्टा प्रचारकार्यमा बिताउनुपर्छ।

३. प्रकाशकहरूले अग्रगामी गर्न प्राय कस्ता काँटछाँटहरू गर्नुपर्ने हुन्छ?

३ अग्रगामी कसरी गर्ने: “समय अल्प भएको” थाह पाएकोले अग्रगामीहरू आफ्ना जीवन सरल बनाउने प्रयास गर्छन्‌। (१ कोरि. ७:२९, ३१) तिनीहरू जीविका चलाउने कामकुरोमा बढी समय बिताउन नपरोस्‌ भनेर आर्थिक खर्च घटाउने उपायहरू खोज्छन्‌। उदाहरणका लागि, कतिपय अहिले बसिरहेको ठाउँभन्दा सानो वा कम सुविधा भएको ठाउँमा बसाइँ सरेका छन्‌। अरूले अनावश्‍यक सर-समानहरू हटाएका छन्‌। (मत्ती ६:१९–२१) अक्सर तिनीहरूले व्यक्‍तिगत इच्छाका कुराहरू काँटछाँट गर्नैपर्ने हुन्छ। यस्ता काँटछाँटहरू गर्नुको उद्देश्‍य सेवकाईमा अझ धेरै समय बिताउन र ध्यान लगाउन सकियोस्‌ भनेर हो। (एफि. ५:१५, १६) थुप्रै प्रकाशकहरूले दृढ भएर, आत्मत्यागको भाव देखाएर अनि यहोवामा भर परेर अग्रगामी गर्न सक्ने व्यावहारिक तालिका बनाउन सकेका छन्‌।

४. कस्ता व्यावहारिक कदमहरूले तपाईंलाई अग्रगामी गर्ने लक्ष्य राख्न मदत दिन सक्छन्‌?

४ के तपाईं अग्रगामी गर्न सक्नुहुन्छ? सफल अग्रगामीहरूलाई उनीहरू कसरी अग्रगामी गर्न सक्षम भए भनेर सोधे कसो होला? उनीहरूसित क्षेत्र सेवकाईमा जानुहोस्‌ र उनीहरूले अनुभव गरिरहेको आनन्द महसुस गर्नुहोस्‌। हाम्रा प्रकाशनहरूमा अग्रगामी गर्ने विषयका लेखहरू पढ्‌नुहोस्‌। अग्रगामी सेवा गर्न खुड्‌किलो बन्‍नसक्ने व्यावहारिक लक्ष्यहरू राख्नुहोस्‌। यदि अग्रगामी गर्न रोक्ने केही कुरा छन्‌ भने, यहोवालाई प्रार्थना गरेर ती हटाउन मदत माग्नुहोस्‌।—हितो. १६:३.

५. परमेश्‍वरको वचन चलाउने हाम्रो सीपलाई तिखार्न अग्रगामी सेवाले कसरी मदत दिन्छ?

५ आशिष्‌ र आनन्द: अग्रगामी सेवाले परमेश्‍वरको वचन चलाउने हाम्रो सीपलाई तिखार्छ। फलत: हामी अझ आनन्दित हुन्छौं। एक जवान अग्रगामी बहिनीले भनिन्‌, “परमेश्‍वरको सत्यको वचनलाई ठीकसँग प्रयोग गर्न सक्नु एउटा साँचो आशिष्‌ हो। अग्रगामी गर्दा तपाईंले बाइबल एकदमै चलाउनुहुन्छ। अहिले, ढोका-ढोकामा जाँदा हरेक घरधनीलाई उपयुक्‍त हुने शास्त्रपदहरू मेरो दिमागमा आइहाल्छ।”—२ तिमो. २:१५.

६. अग्रगामी सेवाले कस्ता कुराहरू सिक्न मदत दिन्छ?

६ अग्रगामी सेवाले जीवनमा उपयोगी थुप्रै सीपहरू पनि सिकाउँछ। यसले जवानहरूलाई बुद्धिमानीपूर्वक समय अनि पैसाको सदुपयोग गर्न र मानिसहरूसित घुलमिल हुन मदत दिन्छ। अग्रगामी गरेपछि धेरैले आध्यात्मिक कुरालाई नै आफ्नो जीवनमा प्राथमिकता दिन्छन्‌। (एफि. ४:१३) यसबाहेक, अग्रगामीहरू अक्सर यहोवाबाट आशिषित्‌ हुन्छन्‌।—प्रेरि. ११:२१; फिलि. ४:११-१३.

७. कसरी अग्रगामी सेवाले हामीलाई यहोवासित नजिकिन मदत गर्छ?

७ सम्भवतः यहोवासित नजिकिन मदत पाउनु नै अग्रगामी गर्दा पाइने एउटा सबैभन्दा ठूलो आशिष्‌ हो। यसले हामीलाई परीक्षामा पर्दा बल दिन्छ। घोर कठिनाइ भोगेकी बहिनीले भनिन्‌: “अग्रगामी गर्दा यहोवासित बनाएको घनिष्ठ सम्बन्धले ती कठिनाइहरू पार गर्न मदत दियो।” उनले अझ भनिन्‌: “आफ्नो वयस्क जीवन यहोवाको सेवामा बिताउन पाएकोले म अत्यन्त खुसी छु। यसले मलाई आफूले गर्न सक्छु भनेर सोच्दै नसोचेको काम गर्न सक्षम बनाएको छ।” (प्रेरि. २०:३५) हामी पनि यस महत्त्वपूर्ण प्रचारकार्यमा भरमग्दुर भाग लिने प्रयास गरेर त्यस्तै प्रचुर आशिष्‌हरू पाऔं।—हितो. १०:२२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने