घरधनीले अर्कै भाषा बोल्दा
१. एउटै इलाकामा काम गर्दा आपसमा सहयोग गर्नुपर्ने आवश्यकता किन बढ्दै छ?
१ संसारभरका राज्य प्रकाशकहरूले आफ्नो मण्डलीले बोल्नेभन्दा अर्कै भाषा बोल्ने जिज्ञासु मानिसहरू झन्-झनै फेला पारिरहेका छन्। यस्ता मानिसहरूलाई मदत गर्न थुप्रै शाखा कार्यालयले विभिन्न भाषाका समूह र मण्डली गठन गर्नुपर्ने आवश्यकता महसुस गरेका छन्। एउटै क्षेत्रमा विभिन्न भाषा बोल्ने मानिस हुन सक्ने भएकोले फरक-फरक भाषाका थुप्रै मण्डलीले एउटै इलाकामा प्रचार गर्लान्। प्रचारकार्य व्यवस्थित तरिकाले अघि बढेको छ/छैन पक्का गर्न मण्डलीहरूले कसरी आपसमा सहयोग गर्न सक्छन्?—१ कोरि. १४:३३.
२. घर-घर प्रचार गर्दा हाम्रो क्षेत्रमा भएका विभिन्न भाषाका समूह वा मण्डलीलाई हामी कसरी सहयोग गर्न सक्छौं?
२ आपसमा राम्रो सहयोग: सडक साक्षी दिंदा होस् वा अनौपचारिक साक्षी दिंदा, प्रकाशकले जोसुकैसँग वा जुनसुकै भाषा बोल्ने व्यक्तिसित निसंकोच कुरा गर्न सक्छन् र उनीहरूले चाहेको भाषामा साहित्य दिन सक्छन्। तर अर्को भाषाको समूह वा मण्डलीले पनि काम गरेको टोलमा घर-घर प्रचार जाँदा भने साधारणतया आफू उपस्थित हुने मण्डलीले बोल्ने भाषाका मानिसहरूलाई प्रचार गर्नुपर्छ। एउटै टोलमा विभिन्न मण्डलीले प्रचार गर्दा राम्रो रेकर्ड राख्नु अत्यन्तै जरुरी छ। सेवा निरीक्षकहरूले आपसमा सर-सल्लाह गरेर सबैलाई फाइदा हुने किसिमले कामकुरा मिलाउनुपर्छ। (हितो. ११:१४) तथापि, घर-घर प्रचार गर्दा अर्कै भाषा बोल्ने व्यक्ति भेटियो र नजिकै त्यो भाषाको कुनै पनि मण्डली छैन भने प्रकाशक आफैले उसलाई साक्षी दिने र थप मदत गर्ने प्रयास गर्नुपर्छ।
३. अर्कै भाषाको समूह वा मण्डलीका प्रकाशकहरूसँग अचानक एउटै इलाकामा प्रचार गर्न पुगेमा के गर्नुपर्छ?
३ एउटै काम: संयोगवश, फरक-फरक मण्डलीका प्रकाशकहरूले एकै दिन एउटै इलाकामा प्रचार गर्न पुगे भने के गर्नुपर्छ? हो, ख्रीष्टियान प्रेमलाई भाषाले छेक्दैन। इलाकामा भएका मानिसहरूलाई मदत गर्नु नै हाम्रो प्रमुख चासो हो। (यूह. १३:३४, ३५) त्यसैले यस्तो अवस्था आइपर्दा नेतृत्व लिइरहेकाहरूले “व्यावहारिकता” र प्रेम देखाउँदै कुन समूहले केही समयको लागि त्यो इलाका छोड्ने हो, त्यो निर्णय गर्नेछन्।—याकू. ३:१७, १८, NW.
४. कुन भविष्यवाणी अहिले पूरा भइरहेको छ?
४ विभिन्न भाषाका मानिसहरूले सुसमाचार सुन्नेछन् भनेर बाइबलले भविष्यवाणी गरेको थियो। (प्रका. १४:६, ७) सम्बन्धित सबैले आपसमा सहयोग गरे भने एकै ठाउँमा समय खेर फाल्नदेखि जोगिन सकिन्छ। यसो गर्दा अर्कै भाषा बोल्ने मानिसहरूलगायत नयाँ मानिसहरूले पनि सुसमाचार सुन्ने मौका पाउनेछन्।—एफि. ४:१६.