प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 नोभेम्बर पृ. ८
  • विभिन्‍न भाषा बोलिने इलाकामा मिलेर प्रचार गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विभिन्‍न भाषा बोलिने इलाकामा मिलेर प्रचार गर्नुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • घरधनीले अर्कै भाषा बोल्दा
    हाम्रो राज्य सेवकाई—२००८
  • सुसमाचार प्रचार गर्ने तरिकाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—बेग्लै भाषा बोल्ने मानिसलाई साक्षी दिनुहोस्‌
    हाम्रो राज्य सेवा—२०१५
  • सबैलाई प्रचार गर्न व्यवस्थित
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 नोभेम्बर पृ. ८

ख्रिष्टियन जीवन

विभिन्‍न भाषा बोलिने इलाकामा मिलेर प्रचार गर्नुहोस्‌

एक दम्पती प्रचारमा अर्कै भाषा बोल्ने मानिस र उनको छोरालाई भेट्‌छन्‌

मानिसहरू अक्सर आफ्नै भाषामा राज्य सन्देश सुन्‍न पाउँदा राम्रो प्रतिक्रिया देखाउँछन्‌। त्यसैले इस्वी संवत्‌ ३३ पेन्तिकोसमा यहोवाले “संसारका सबै राष्ट्रबाट आएका भक्‍त यहुदीहरू”-लाई तिनीहरू “प्रत्येकको मातृभाषामा” सुसमाचार सुनाउने प्रबन्ध मिलाउनुभएको हुन सक्छ। हुन त तिनीहरूलाई हिब्रू वा ग्रीकजस्ता त्यतिखेरको बोलीचालीको भाषा आउँथ्यो, तैपनि उहाँले त्यस्तो प्रबन्ध मिलाउनुभयो। (प्रे २:५, ८) आज विभिन्‍न भाषा बोलिने इलाकाहरूमा, थुप्रै मण्डलीले भिन्‍नाभिन्‍नै भाषामा सभाहरू सञ्चालन गर्ने गर्छन्‌ तर तिनीहरूको इलाका एउटै हुन सक्छ। त्यस्ता इलाकाहरूमा भिन्‍नाभिन्‍नै मण्डलीका प्रकाशकहरू एउटै समयमा अनि एउटै घरमा एकपछि अर्को गर्दै प्रचार गर्न पुग्न सक्छन्‌, जसले गर्दा घरधनीलाई रिस उठ्‌न सक्छ। यस्तो हुन नदिन त्यस्ता इलाकाका प्रकाशकहरूले कसरी मिलेर काम गर्न सक्छन्‌?

  • मोबाइल फोन

    सरसल्लाह गर्नुहोस्‌ (हित १५:२२): बहुभाषी इलाकाका मण्डलीहरूका सेवा निरीक्षकहरूले एकअर्कासित सल्लाह गरेर सबै मण्डलीले व्यवस्थित तरिकामा सुसमाचार प्रचार गर्न सक्ने सबैभन्दा राम्रो तरिका खोज्नुपर्छ। अर्कै भाषामा प्रचार गर्ने मण्डलीको इलाका थोरै छ भने उक्‍त मण्डलीले त्यो भाषा बोल्ने मानिसहरूको घरमा नजान तपाईँको मण्डलीलाई आग्रह गर्न सक्छ। तर कुनै-कुनै अवस्थामा भने उक्‍त मण्डलीको भाषा बोल्ने मानिसहरू ठूलो इलाकामा छरिएर बसेका हुन सक्छन्‌, जसले गर्दा उक्‍त मण्डलीका प्रकाशकहरू नियमित रूपमा ती मानिसहरूको घर-घर गएर प्रचार गर्न सक्ने अवस्थामा नहुन सक्छन्‌। त्यसैले त्यस मण्डलीले तपाईँको मण्डलीलाई कुनै पनि घर नछुटाई प्रचार गर्न र त्यस मण्डलीको भाषा बोल्ने कसैले चासो देखाउँदा त्यसबारे खबर गर्न आग्रह गर्न सक्छ। (od पृ. ९३ अनु. ३७) अथवा अर्को भाषाको मण्डलीले तपाईँको मण्डलीलाई उनीहरूको भाषा बोल्ने मानिसहरू खोज्न मदत गर्न र ती मानिसहरूको ठेगाना पठाइदिन आग्रह गर्न सक्छ। (km ७/१२ पृ. ५ को पेटी) एउटै घरमा विभिन्‍न भाषा बोल्ने व्यक्‍तिहरू हुन सक्छन्‌ भन्‍ने कुरालाई पनि ध्यानमा राख्नुहोस्‌। इलाका ढाक्ने प्रबन्ध मिलाउँदा मानिसहरूको व्यक्‍तिगत जानकारी आदान-प्रदान गर्ने सन्दर्भमा सरकारले तोकेको नियम पालन गर्नुहोस्‌।

  • कुनै एउटा इलाकाका घरहरू

    मिलेर काम गर्नुहोस्‌ (एफि ४:१६): सेवा निरीक्षकबाट पाएको निर्देशन राम्ररी पछ्याउनुहोस्‌। के तपाईँ आफ्नो मण्डलीको भाषा नभई बेग्लै भाषा बोल्ने व्यक्‍तिलाई बाइबल अध्ययन गराउँदै हुनुहुन्छ? यदि त्यसो हो भने उक्‍त विद्यार्थीलाई उसको भाषाको मण्डली वा समुहलाई सुम्पनुहोस्‌। त्यसो गर्दा तिनले छिटोछिटो उन्‍नति गर्न सक्छन्‌।

  • भाषा छान्‍ने

    तयारी गर्नुहोस्‌ (हित १५:२८; १६:१): तपाईँको इलाकामा प्रचार जाँदै गर्नुहुँदा बेग्लै भाषा बोल्ने व्यक्‍ति भेट्‌नुभयो भने सुसमाचार सुनाउन सक्दो कोसिस गर्नुहोस्‌। त्यसको लागि, आफ्नो इलाकामा कुन-कुन भाषाको मानिस भेट्‌ने सम्भावना छ, विचार गर्नुहोस्‌ र ती भाषाहरूका बाइबल र भिडियोहरू आफ्नो डिभाइसमा डाउनलोड गर्नुहोस्‌। साथै, केही भाषाहरूमा अभिवादन गर्न सिक्न JW ल्याङ्‌ग्वेज एप पनि प्रयोग गर्न सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने