प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 सेप्टेम्बर p. ३
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००३
  • परिवारको हेरविचार गर्ने दायित्व वहन गर्नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • आमाबाबु हो, छोराछोरीलाई प्रेममा प्रशिक्षण दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • तपाईँको परिवार कसरी सुखी हुन सक्छ?—भाग २
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 सेप्टेम्बर p. ३

प्रश्‍न पेटी

◼ के आमाबाबु दुवैले नियमित पारिवारिक अध्ययनमा बिताएको समयको रिपोर्ट बुझाउन सक्छन्‌?

छोराछोरीलाई “प्रभुको अनुशासन र शिक्षामा” हुर्काउने मुख्य जिम्मा बुबाको भए तापनि आमाबाबु दुवैले छोराछोरीलाई तालिम दिन्छन्‌। (एफि ६:४, NRV) छोराछोरीलाई बाइबलमा यस्तो प्रोत्साहन दिइएको छ: “आफ्ना बाबुको शिक्षा ध्यानसित सुन्‌ र आफ्नी आमाको अर्ती इन्कार नगर्‌।” (हितो. १:८) आमाबाबुले दिने तालिमको एउटा महत्त्वपूर्ण पक्ष पारिवारिक बाइबल अध्ययन हो।

आमाबाबु दुवैले पारिवारिक अध्ययनमा भाग लिएको भए तापनि विगतमा आमाबाबुमध्ये जसले बप्तिस्माअप्राप्त छोराछोरीसित पारिवारिक अध्ययन सञ्चालन गर्थे, तिनले मात्र समय रिपोर्ट दिन सक्थे। तर अहिले भने यसमा छाँटकाँट गरिएको छ। पारिवारिक अध्ययनमा छोराछोरीलाई आमाबाबु दुवैले सिकाएका छन्‌ भने दुवैले बढीमा हप्ताको एक घण्टा क्षेत्र सेवाको रिपोर्टमा समावेश गर्न सक्नेछन्‌। हुन त, आमाबाबुले छोराछोरीलाई सिकाउन अक्सर हप्तामा एक घण्टाभन्दा धेरै समय बिताउँछन्‌। अनि छोराछोरीलाई तालिम दिन आमाबाबु दुवैले निरन्तर प्रयास गर्छन्‌। (व्यव. ६:६-९) तैपनि, प्रत्येक महिना बुझाउने क्षेत्र सेवाको रिपोर्ट मुख्यतया क्षेत्रमा नै बिताएको समय हुनुपर्छ। त्यसैले, प्रत्येक छोराछोरीसित बेग्लाबेग्लै अध्ययन गरिए तापनि अथवा हप्तामा निकै पटक अनि एक घण्टाभन्दा धेरै समय अध्ययन गरिएको भए तापनि हप्तामा एक घण्टाभन्दा बढी समय बुझाउनुहुँदैन। यसबाहेक, अध्ययन सञ्चालन गर्ने आमा अथवा बुबाले मात्र अध्ययन रिपोर्ट र अध्ययन गरिएको हप्ताको एउटा पुनःभेट रिपोर्ट दिन सक्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने