प्रश्न पेटी
◼ के पारिवारिक बाइबल अध्ययनको रिपोर्ट मण्डलीमा बुझाउनुपर्छ?
मसीही आमा वा बुबाले पारिवारिक बाइबल अध्ययन सञ्चालन गर्छन् र त्यस अध्ययनमा बप्तिस्मा अप्राप्त छोराछोरी पनि समावेश छन् भने, आमा वा बुबाले बढीमा हप्ताको एक घण्टा, एउटा पुनःभेट अनि महिनाको एउटा गृह बाइबल अध्ययन रिपोर्ट गर्न सक्छन्। एक घण्टाभन्दा बढी समय अध्ययन भए तापनि, हप्ताको एक चोटि भन्दा बढी अध्ययन सञ्चालन गरिए तापनि वा छोराछोरीसित व्यक्तिगत रूपमा अध्ययन सञ्चालन गरिए तापनि यसै गर्नुपर्छ।—आवर मिनिस्ट्री पुस्तक, पृ. १०४ हेर्नुहोस्।
परिवारका सम्पूर्ण सदस्यहरू बप्तिस्मा प्राप्त साक्षीहरू हुन् भने, अध्ययनको समय र अध्ययनलाई क्षेत्र सेवा रिपोर्टको रूपमा बुझाउनुपर्दैन (छोरा वा छोरीले बप्तिस्मापछि पनि अर्को पुस्तकबाट अध्ययन गरिरहेको छ भने चाहिं रिपोर्ट गर्नुपर्छ)। किनभने मण्डलीको क्षेत्र सेवा रिपोर्टले सुसमाचार प्रचार गर्ने र यहोवाप्रति समर्पित भई नसकेका अनि बप्तिस्मा अप्राप्त सेवकहरूलाई बाइबल सत्य सिकाउने सन्दर्भमा के-कति प्रगति भइरहेको छ भन्ने कुरा देखाउँछ। (मत्ती २४:१४; २८:१९, २०) तथापि, यसले नियमित रूपमा अध्ययन सञ्चालन गर्नुको महत्त्वलाई भने कदापि कम गर्दैन।
आफ्ना छोराछोरीसित अध्ययन गर्नु मसीही आमाबाबुको दायित्व हो। पारिवारिक अध्ययन सुरु गर्न वा त्यसमा अझ सुधार ल्याउन सहयोग चाहनेहरूले प्राचीनहरूलाई मदत माग्न सक्छन्। परिस्थितिले गर्दा मण्डलीसित संगत गरिरहेको मसीही परिवारका बप्तिस्मा अप्राप्त छोरा वा छोरीसित अर्कै प्रकाशकले बाइबल अध्ययन सञ्चालन गर्नुपरेमा, मण्डलीका अध्यक्ष वा सेवा निरीक्षकसित भेटेर कुरा गर्नुपर्छ। यस प्रकार अध्ययन गर्न स्वीकृति मिलेको खण्डमा, अध्ययन सञ्चालकले अन्य बाइबल अध्ययनजस्तै यसको पनि रिपोर्ट बुझाउन सक्छन्।
क्षेत्र सेवाको रूपमा जे-जति रिपोर्ट गरिन्छ, यहोवाको मार्गमा छोराछोरीलाई प्रशिक्षण दिन त्योभन्दा कता हो कता बढी समय र प्रयास खर्च गर्नुपर्ने हुन्छ। (व्यव. ६:६-९; हितो. २२:६) छोराछोरीलाई “प्रभुको शिक्षा र चेताउनीमा” पालन-पोषण गर्ने आफ्नो गहन जिम्मेवारी वहन गरेकोमा मसीही आमाबाबुहरू प्रशंसायोग्य छन्।—एफि. ६:४.