पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा सेप्टे. १
“तपाईं पृथ्वीको भविष्य कस्तो देख्नुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्।] यस सन्दर्भमा गरिएको एउटा पुरानो भविष्यवाणी तपाईंलाई पढेर सुनाउन सक्छु कि? [घरधनी सुन्न इच्छुक छन् भने यशैया ६५:२१-२३ पढ्नुहोस्।] यो लेखले पृथ्वीको पुनःस्थापनासम्बन्धी परमेश्वरको प्रतिज्ञालाई जोड दिन्छ।”
प्रहरीधरहरा अक्टो. १
“के तपाईंलाई हामी हाम्रो सृष्टिकर्तासँग घनिष्ठ हुन सक्छौं जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] थुप्रै मानिसलाई थाह भएको प्रार्थनाको केही भाग पढेर सुनाउन सक्छु? [घरधनीले चासो देखाएमा र सुन्न इच्छुक भएमा मत्ती ६:९ पढ्नुहोस्।] परमेश्वरलाई पिताको रूपमा महसुस गरेर उहाँसँग घनिष्ठ हुन धेरैलाई गाह्रो लाग्छ। यो पत्रिकाले सृष्टिकर्ताका विभिन्न गुण र हामीले उहाँलाई राम्ररी चिन्न सक्ने तरिकाहरूबारे बताएको छ।”