पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा फेब्रुअरी
“के तपाईंलाई दिन प्रतिदिन बढ्दै गइरहेको प्रदूषणप्रति पृथ्वी बनाउने सृष्टिकर्तालाई चिन्ता छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। यस सम्बन्धमा सृष्टिकर्ताको विचार के छ, त्यसबारे एउटा शास्त्रपद पढेर सुनाउन सकिन्छ कि भनेर सोध्नुहोस् र घरधनी इच्छुक भएमा प्रकाश ११:१८ पढ्नुहोस्।] यो लेखले पृथ्वीको भविष्यबारे हामी आशावादी हुन सक्ने कारण बुझ्न मदत गर्छ।” पृष्ठ १५ मा भएको लेख देखाउनुहोस्।
प्रहरीधरहरा मार्च
“के तपाईंलाई परमेश्वर व्यक्तिगत रूपमा तपाईंको चासो लिनुहुन्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] उहाँले चासो लिनुहुन्छ भनेर तपाईंलाई आश्वस्त पार्ने शास्त्रपद तपाईंलाई देखाउन सक्छु? [घरधनीले चासो देखाएमा १ पत्रुस ५:७ पढ्नुहोस्।] हाम्रा सृष्टिकर्ता हामीमा कसरी चासो राख्नुहुन्छ र निकट भविष्यमा नै उहाँले हाम्रो लागि के गर्नुहुनेछ, त्यो बुझ्न यो पत्रिकाले मदत गर्छ। पृष्ठ ८ मा भएको लेख देखाउनुहोस्।