पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा मार्च
“नजिकका नातेदारहरूसितको खटपटले अक्सर विवाहित दम्पतीमा तनाव ल्याउँछ। तपाईंको विचारमा यस्तो समस्या कम गर्न के गर्न सकिएला? [जवाफ दिने मौका दिनुहोस्।] साँचो प्रेमबारे शास्त्रपदले के भन्छ, तपाईंलाई पढेर सुनाऊँ? [घरधनी राजी भएमा १ कोरिन्थी १३:४ पढ्नुहोस्।] यस्तो खटपटले गर्दा उत्पन्न हुने तनाव कसरी कम गर्न सकिन्छ, यस लेखले थप व्यावहारिक सल्लाह दिएको छ।” पृष्ठ ८ देखि सुरु भएको लेख देखाउनुहोस्।
प्रहरीधरहरा अप्रिल
“यस पृथ्वीमा जीवन बिताएकाहरूमध्ये सबैभन्दा प्रभावशाली व्यक्ति छान्न लगाइयो भने धेरैले येशूलाई छान्छन्। के तपाईं पनि उहाँलाई छान्नुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्।] सत्य सिक्न हामीले किन उहाँबारे फैलिएका विरोधाभासपूर्ण धारणाहरूलाई केलाउने कोसिस गर्नुपर्छ, ध्यान दिनुहोस्। [यूहन्ना १७:३ पढ्नुहोस्।] येशू र उहाँका शिक्षाहरूबारे बाइबलले वास्तवमा के भन्छ, प्रहरीधरहरा-को यस विशेष अंकले बताएको छ।”