पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा अप्रिल
यो पत्रिका येशूप्रति आदर हुनेहरूलाई दिनुहोस्। “सबै ख्रीष्टियानहरू ख्रीष्टले आफ्ना चेलाहरूलाई परमेश्वरको राज्यबारे सिकाउनुभयो भनी विश्वास गर्छन्। त्यो राज्यले के गर्नेछ, के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस् अनि प्रकाश २१:३, ४ पढ्नुहोस्।] यस लेखले त्यो राज्यबारे उठ्ने विभिन्न प्रश्नहरूको जवाफ पाउन मदत दिन्छ।” पृष्ठ ८ मा सुरु भएको लेख देखाउनुहोस्।
प्रहरीधरहरा मे
“बाइबलबारे मानिसहरूको आ-आफ्नै धारणा छ। थुप्रैले यसलाई राम्रो किताबको रूपमा लिन्छन्। के तपाईंलाई बाइबल राम्रो किताब जस्तो मात्र लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। यस विषयमा घरधनीलाई चासो छ भने मात्र आफ्नो प्रस्तुति अघि बढाउनुहोस्।] बाइबल आफै के भन्छ, याद गर्नुहोस्। [२ तिमोथी ३:१६, १७ पढ्नुहोस्।] यस विषयमा सुसूचित निर्णय कसरी गर्ने र यसो गर्नु किन महत्त्वपूर्ण छ, यस पत्रिकाले बताउँछ।”