पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा मार्च
“परमेश्वर वास्तवमा को होला भनेर मानिसहरू अक्सर सोच्ने गर्छन्। परमेश्वरको नाउँ के हो र उनले मानिसहरूमा साँच्चै चासो राख्छन् कि राख्दैनन् भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्।] बाइबलमा सृष्टिकर्ताको नाउँ लेखिएको छ, त्यो नाउँ म तपाईंलाई देखाऊँ? [थप कुराकानी गर्न घरधनीले चासो देखाएमा प्रस्थान ६:३ पढ्नुहोस्।] यस पत्रिकाले महत्त्वपूर्ण प्रश्नहरूको जवाफ दिएको छ।” पृष्ठ ३ मा भएका प्रश्नहरू देखाउनुहोस्।
प्रहरीधरहरा अप्रिल
“जीवनमा हुने सबै घटनाहरू पहिले नै लेखिएको हुन्छ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] हामीलाई माया गर्ने र न्यायी परमेश्वरले यस्तो गर्नुहोला र? [थप कुराकानी गर्न घरधनीले चासो देखाएमा अय्यूब ३४:१० पढ्नुहोस्।] परमेश्वरले पृथ्वीको भविष्य उज्ज्वल छ भनेर पहिल्यै निर्धारण गरिसक्नुभए तापनि अहिले कसरी जीवन बिताउने भनेर छनौट गर्ने छुट हामी प्रत्येकलाई दिनुभएको छ भनेर यस पत्रिकाले बताएको छ।”