हाम्रा प्रकाशनहरूको सदुपयोग गरौं
१. यहोवाका प्रबन्धहरूप्रति धन्यवादी छौं भनेर देखाउन हामी कसरी येशूको उदाहरण अनुकरण गर्न सक्छौं?
१ चमत्कार गरेर ठूलो भीडलाई खुवाइसकेपछि उब्रेका खानेकुरा येशूले बटुल्न लगाउनुभयो। (मत्ती १४:१९-२१) यहोवाले प्रबन्ध गरेका कुराहरू येशू त्यसै खेर फाल्नुहुन्नथ्यो। यसरी येशूले हाम्रो लागि असल उदाहरण बसाल्नुभयो। हामी पनि यहोवाले “विश्वासी भण्डारे” मार्फत गर्नुभएका सम्पूर्ण प्रबन्धहरूको सदुपयोग गर्दै “धन्यवादी” मनोवृत्ति देखाउन सक्छौं।—लूका १२:४२; मत्ती २४:४५-४७; कल. ३:१५.
२. पत्रिकाहरू थुप्रिन नदिन हामी के गर्न सक्छौं?
२ पत्रिकाहरू: पत्रिकाहरू सजिलै थुप्रिहाल्छन्। सधैं यसरी थुप्रन्छन् भने हामीले आफ्नो पत्रिकाको माग घटाउनुपर्छ। तर पुरानो अंकका पत्रिकाहरू के गर्ने होला? पत्रिका पुरानो अंकको भए तापनि त्यसको महत्त्व भने पटक्कै घट्दैन। हामीसित पुराना पत्रिकाहरू जम्मा भएका छन् भने सेवा निरीक्षक अथवा अर्को प्राचीनले प्रभावकारी तरिकामा ती पत्रिकाहरू प्रस्तुत गर्ने उपाय पत्ता लगाउन सायद हामीलाई मदत गर्न सक्छन्।
३, ४. राज्यभवनबाट साहित्यहरू लिंदा कुन कुरा विचार गर्नुपर्छ?
३ अन्य साहित्यहरू: प्रचारमा प्रस्तुत गरिने साहित्य परिवर्तन हुँदा राज्यभवनबाट थप प्रति लिनुअघि उक्त साहित्य कतै तपाईंसित घरैमा छ कि, पहिले त्यो पक्का गर्नुहोस्। कृपया यस कुरामा सचेत हुनुहोस्: हप्ताभरमा जति साहित्य चाहिन्छ, त्यति मात्रै लिनुहोस् र ती साहित्य प्रस्तुत गरिसकेपछि साहित्य विभागबाट फेरि थप प्रति लिनुहोस्।
४ तपाईं आफैले प्रयोग गर्ने साहित्यहरूको सम्बन्धमा भने तपाईंलाई साँच्चै चाहिएका साहित्यहरू मात्र माग्नुहोस्। नाउँ लेख्ने ठाउँमा आफ्नो नाउँ लेख्नुहोस्। यसो गर्दा तपाईंको व्यक्तिगत प्रति हरायो भने पनि पाउन सजिलो हुन सक्छ। सी डी-रोममा भएको वाचटावर लाइब्रेरी प्रयोग गर्नुहुन्छ र पत्रिकाको व्यक्तिगत प्रतिहरू पनि जोगाउनुभएको छ भने आफ्नो लागि वाचटावर र अवेक!-का सजिल्द खण्डहरू मगाउनु आवश्यक नपर्ला।
५. प्रकाशनहरू प्रस्तुत गर्दा हामीले के बिर्सनुहुँदैन?
५ काशनहरू दिंदा: साँच्चै चासो देखाउनेहरूलाई मात्र हामी साहित्यहरू दिन्छौं। सेवाको काममा प्रयोग गरिने यी अनमोल साधनको खर्च बेहोर्ने प्रमुख जिम्मावारी हाम्रै हो भन्ने कुरा नबिर्सनुहोस्। चासो देखाएका व्यक्तिहरूलाई प्रकाशन दिंदा अनुदान दिएर विश्वव्यापी कार्यमा सहयोग पुऱ्याउने मौका तिनीहरूसित पनि छ भनेर थाह दिन नहिचकिचाउनुहोस्।
६. हामी हाम्रा प्रकाशनहरूलाई किन अत्यन्तै अनमोल ठान्छौं र यसले गर्दा हामी के गर्न उत्प्रेरित हुन्छौं?
६ येशूले चमत्कार गरेर अरूलाई शारीरिक भोजनको प्रबन्ध गर्नुभयो। तर उहाँ अक्सर मानिसहरूलाई आध्यात्मिक आहार दिनुहुन्थ्यो। उहाँले यसो भन्नुभयो: “मानिस भोजनले मात्र होइन, तर परमेश्वरका मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।” (मत्ती ४:४) हाम्रा प्रकाशनहरूले अनन्त जीवन प्राप्त गर्न चाहिने बाइबल सत्य सिकाउँछ। (यूह. १७:३) यी अति अनमोल छन्। त्यसैले यिनलाई त्यसै खेर नफालौं!