ईश्वरतान्त्रिक स्रोत-साधनको लागि मूल्यांकन देखाउनुहोस्
१ मन्दिर मर्मत-सम्भार गर्ने प्रबन्ध मिलाउँदा, राजा योशियाहले काममा खटिएकाहरूको यसरी मूल्यांकन गरे: “तिनीहरूलाई दिइएको चाँदीको हर-हिसाब नलिइओस्, किनभने तिनीहरू विश्वाससित काम गरिरहेका छन्।” (२ राजा २२:३-७) काममा खटिएकाहरूले पवित्र कुराहरूको मूल्यांकन गर्थे भन्ने कुरा आफूलाई सुम्पिएका स्रोत-साधनहरू उनीहरूले कसरी उपयोग गर्थे, त्यसबाट प्रस्ट देखिन्थ्यो। आज, हामी जसै परमेश्वरको सुसमाचारको पवित्र काममा भाग लिन्छौं, हामीले पनि आफूलाई सुम्पिएका स्रोत-साधनहरू प्रयोग गर्दा विश्वास प्रदर्शित गर्नु आवश्यक छ।
२ क्षेत्र सेवकाईमा: हाम्रा प्रकाशनहरूमा भएको महत्त्वपूर्ण सन्देशप्रतिको मूल्यांकन र यी प्रकाशनहरू प्रकाशित गर्दा लागेको खर्चप्रति सजग हुँदा हामी यसलाई झनै मूल्यावान् ठान्छौं। बाइबल सन्देशप्रति साँचो मूल्यांकन नदेखाउने व्यक्तिहरूलाई विचारै नपुऱ्याई हाम्रो साहित्य दिनुहुँदैन। कुनै व्यक्तिले सुसमाचारप्रति कम चासो देखाएको खण्डमा हामी तिनलाई साहित्यको सट्टा पर्चा दिन सक्छौं।
३ साहित्यहरू वितरण गर्दा यसको महत्त्वप्रति आदर झल्किने किसिमले वितरण गर्नुहोस्। जथाभावी छरपस्ट हुने गरी सार्वजनिक स्थलहरूमा साहित्यहरू नछोड्नुहोस्। साहित्यहरू खेर नजाओस् भन्ने विचार गर्दै थप साहित्य लिनुअघि घरमा आफूसित भएका साहित्यहरूको सूची बनाउनुहोस्। यदि तपाईंले प्रत्येक अंकका पत्रिकाहरू बढी प्राप्त गरिरहनुभएको छ भने, आफ्नो अर्डर घटाउने विचार गर्नुहोस्।
४ व्यक्तिगत प्रयोगका लागि प्रकाशनहरू: डिलक्स बाइबल, रेफरेन्स बाइबल तथा अन्य ठूला प्रकाशनहरू; जस्तै: कन्कर्डेन्स, इन्डेक्स, इन्साइट खण्डहरू अनि प्रोक्लेमर्स पुस्तक अब उप्रान्त अर्डर गर्न नसकिने भएकोले यी प्रकाशनहरूलाई हामीले झनै मूल्यवान् ठान्नुपर्छ। तपाईंहरूसित यी प्रकाशनहरू आफ्नो पुस्तकालयमा छन् भने, त्यसको राम्रो जगेर्ना गर्नुहोस्। अरूले चाहिं राज्यभवनको पुस्तकालयमा राखिएका प्रतिहरू हेर्न सक्छन्। यी प्रकाशनहरूलाई राम्रो अवस्थामा राख्न र जता पायो त्यतै नराख्न सबैले सहयोग गर्नुपर्छ।
५ आफ्ना व्यक्तिगत प्रकाशनहरूमा आफ्नो नाउँ र ठेगाना लेखिहाल्नुहुन्छ कि? यसो गरेको खण्डमा, भुलेर कतै राखेका प्रकाशनहरू फेरि मगाइरहनु पर्दैन। तपाईंले गीतको पुस्तक, बाइबल वा अध्ययन गरिने प्रकाशन हराउनुभयो भने, सम्भवतः ती राज्यभवनमा वा सम्मेलन भवनमा हराएका चीजहरू जम्मा गरिएका चीजहरूमै पाउनुहुनेछ।—लूका १५:८, ९.
६ हाम्रा साहित्यहरू बुद्धिमानीपूर्वक प्रयोग गर्ने कोसिस गरौं। यो यहोवाले हामीलाई सुम्पनुभएको राज्य स्रोत-साधन प्रयोग गर्ने सम्बन्धमा हाम्रो विश्वास प्रदर्शित गर्ने एउटा तरिका हो।