पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा जून
“किशोर अवस्थाका छोराछोरी हुर्काउनु सजिलो छैन भनेर बुबाआमा मानिलिन्छन्। तपाईंको विचारमा बुबाआमाले यो चुनौती कसरी सफलतासाथ सामना गर्न सक्लान्? [जवाफ दिने मौका दिनुहोस्।] यस विषयमा मदतकारी हुने धर्मशास्त्रका केही सुझाव पढेर सुनाऊँ कि? [घरधनीले हुन्छ भनेमा फिलिप्पी ४:५ पढ्नुहोस्।] यो लेखमा बुबाआमालाई मदत गर्ने विभिन्न धर्मशास्त्रीय सिद्धान्त छलफल गरिएको छ।” [पृष्ठ १० मा भएको लेख देखाउनुहोस्।]
प्रहरीधरहरा जुलाई
“छोराछोरी हुर्काउने, माया-प्रीति गाँस्ने र अन्य व्यक्तिगत आवश्यकता पूरा गर्ने विषयमा आफैले पढेर सिक्ने किताबहरू आजकल लोकप्रिय छन्। तपाईंले पनि त्यस्ता किताबहरू लाभदायी पाउनुभएको छ कि? [जवाफ दिने मौका दिनुहोस्।] धेरैले बेवास्ता गरेको तर भरपर्दो सल्लाह दिने एउटा स्रोत छ। [२ तिमोथी ३:१६ पढ्नुहोस्।] हामीले बाइबलमा भरोसा गर्नुपर्ने कारण र बाइबलले दिएको व्यावहारिक सुझावको उदाहरण यस पत्रिकाले दिएको छ।”