प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 अगस्त p. २
  • सन्‌ २०१० को लागि विशेष सम्मेलन दिन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सन्‌ २०१० को लागि विशेष सम्मेलन दिन
  • हाम्रो राज्य सेवकाई—२००९
  • मिल्दोजुल्दो सामग्री
  • ‘ठीक-ठीक समयमा खानाको’ प्रबन्ध
    हाम्रो राज्य सेवकाई—२०१०
  • सम्मेलन कार्यक्रमहरू पुनरावृत्ति गर्ने नयाँ प्रबन्ध
    हाम्रो राज्य सेवकाई—२००४
  • परमेश्‍वरको वचन प्रबल छ
    हाम्रो राज्य सेवा—२०१३
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—२०००
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००९
km09 अगस्त p. २

सन्‌ २०१० को लागि विशेष सम्मेलन दिन

१. (क) विगतका केही वर्षका विशेष सम्मेलन दिनमा धर्मशास्त्रमा आधारित मूल विषय के-के थिए? (ख) विगतका विशेष सम्मेलन दिनले तपाईंको प्रचारकार्यलाई मदत पुऱ्‍याएको खास घटना छन्‌ कि?

१ “जे उत्तम छ सो तिमीहरू खुट्ट्याउन सक,” “एउटै बगालको रूपमा दृढ हुनुहोस्‌,” “सत्यको साक्षी दिइरहनुहोस्‌” र “हामी माटो हौं—यहोवा हाम्रो कुमाले हुनुहुन्छ।” (फिलि. १:९, १०, NRV; १:२७; यूह. १८:३७; यशै. ६४:८) विगतका विशेष सम्मेलन दिनमा चर्चा गरिएका थुप्रै मूल विषयमध्ये माथि उल्लिखित विषय केही हुन्‌। के तपाईं सेवा वर्ष २०१० को विशेष सम्मेलन दिनमा उपस्थित हुन उत्सुक हुनुहुन्छ? पहिलो कोरिन्थी ७:२९ मा आधारित त्यस सम्मेलनको मूल विषय हुनेछ: “समय अल्प भएको छ।”

२. यस सम्मेलनको लागि कसरी उत्साह बढाउन सकिन्छ?

२ तपाईंको मण्डलीमा विशेष सम्मेलन दिनको मिति घोषणा हुनेबित्तिकै सम्मेलनको लागि उत्साही हुन थाल्नुहोस्‌। छोराछोरीले सम्मेलनलाई उत्सुक हुँदै पर्खून्‌ भनेर केही आमाबाबुले क्यालेन्डरमा सम्मेलन दिनको मितिमा चिन्ह लगाउने गरेका छन्‌ र त्यससँगै प्रत्येकले सम्मेलनमा लैजानुपर्ने सर-सामानको सूची पनि लेख्ने गरेका छन्‌। अनि तिनीहरूले सम्मेलन सुरु हुन अब कति दिन बाँकी छ भनेर गन्‍ने गरेका छन्‌। पारिवारिक उपासनाको साँझमा तपाईं विगतका विशेष सम्मेलन दिनका टिपोटहरू पुनरावृत्ति गर्न पनि चाहनुहोला। तपाईं र तपाईंको परिवारले ईश्‍वरीय निर्देशन पाउन सकोस्‌ भनी धन्यवादी मनोवृत्तिसाथ प्रार्थना गरेर यस सम्मेलनको लागि आफ्नो हृदय पनि तयार पार्न सक्नुहुन्छ।—लूका ८:१८.

३. प्रस्तुत गरिने कार्यक्रमबाट हामी कसरी पूरापूर लाभ उठाउन सक्छौं?

३ सिकेका कुराहरू लागू गर्नुहोस्‌: सम्मेलन सिद्धिएपछि अक्सर यस्तो भनेको सुनिन्छ: “वाह! क्या गजबको कार्यक्रम!” यहोवाले गर्नुभएका थुप्रै प्रबन्धमध्ये सम्मेलन पनि एउटा भएकोले यस्तो सुनिन्छ नै। (हितो. १०:२२) आफूले सुनेको जानकारीले फल फलाउने हो भने तपाईंले उक्‍त जानकारीलाई मनन गर्नैपर्छ र त्यसलाई जोगाएर राख्नैपर्छ। (लूका ८:१५) सम्मेलनपछि घर फर्कंदा परिवारसित वा सँगै घर फर्किरहेका अरूसित कार्यक्रमबारे छलफल गर्न समय निकाल्नुहोस्‌। तपाईंलाई प्रचारकार्यमा मदत पुऱ्‍याउने लक्ष्य तथा बुँदाहरूबारे आपसमा छलफल गर्नुहोस्‌। यसो गर्दा सम्मेलनबाट पाएको जानकारीबाट तपाईंले पछिसम्म लाभ उठाउन सक्नुहुनेछ।—याकू. १:२५.

४. यो सम्मेलन हाम्रो लागि किन विशेष हुनेछ?

४ हामीलाई चाहिएकै उपहार पाउँदा हामी सधैं विशेष महसुस गर्छौं। आउने विशेष सम्मेलन दिनमा यहोवाले प्रदान गर्ने कुराको के हामी उत्कट प्रतीक्षा गर्दैनौं र? उक्‍त सम्मेलन हरेक तरिकामा लाभदायी हुनेछ भनेर हामी पक्का हुन सक्छौं। हामीलाई प्रोत्साहन दिएर र सुम्पिएको काम पूरा गर्न प्रशिक्षण दिएर स्वर्गमा बस्ने हाम्रो पिता यहोवाले हामीलाई चाहिएकै असल उपहार दिने आशा गर्न सक्छौं।—२ तिमो. ४:२; याकू. १:१७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने