प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 अगस्त p. २
  • परमेश्‍वरको वचन प्रबल छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको वचन प्रबल छ
  • हाम्रो राज्य सेवा—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • सन्‌ २०१० को लागि विशेष सम्मेलन दिन
    हाम्रो राज्य सेवकाई—२००९
  • ‘ठीक-ठीक समयमा खानाको’ प्रबन्ध
    हाम्रो राज्य सेवकाई—२०१०
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—२०००
  • नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१३
km13 अगस्त p. २

परमेश्‍वरको वचन प्रबल छ

१. सेवा वर्ष २०१४ को विशेष सम्मेलन दिनको मूल विषय के हो?

१ मानिसले बनाएको जुनसुकै कुराभन्दा बाइबलमा हामीलाई परिवर्तन गर्न सक्ने, हाम्रो विचार तथा कामहरूलाई परमेश्‍वरको इच्छासित ढाल्न सक्ने शक्‍ति छ। परमेश्‍वरको वचन कत्तिको प्रबल छ? हामी कसरी यसको शक्‍ति आफ्नो जीवनमा पूर्णतया सदुपयोग गर्न सक्छौं? अरूलाई मदत गर्न हामी कसरी यो चलाउन सक्छौं? यी प्रश्‍नहरूको जवाफ सेवा वर्ष २०१४ को विशेष सम्मेलन दिनको कार्यक्रममा दिइँदा हामी आध्यात्मिक रूपमा अझ बलियो हुनेछौं भन्‍ने कुरामा विश्‍वस्त छौं। यस कार्यक्रमको मूल विषय हो, “परमेश्‍वरको वचन प्रबल छ।” यो हिब्रू ४:१२ मा आधारित छ।

२. हामीले कस्ता प्रश्‍नहरूको जवाफ सुन्‍नुपर्छ?

२ यी प्रश्‍नहरूको जवाफ पत्ता लगाउनुहोस्‌: कार्यक्रम सुन्‍नुहुँदा यी प्रश्‍नहरूको जवाफ नोट गर्नुहोस्‌।

• हामीले किन यहोवाको वचनमा भरोसा राख्नुपर्छ? (भज. २९:४)

• आफ्नो जीवनमा परमेश्‍वरको वचनको शक्‍ति कसरी अनुभव गर्न सक्छौं? (भज. ३४:८)

• तपाईं प्रचारकार्यमा परमेश्‍वरको वचनको शक्‍तिलाई कसरी काम गर्न दिन सक्नुहुन्छ? (२ तिमो. ३:१६, १७)

• सैतानको संसारको भ्रामक शक्‍तिको शिकार हुनदेखि हामी कसरी जोगिन सक्छौं? (१ यूह. ५:१९)

• जवान छँदा तपाईं कसरी परमेश्‍वरको नजरमा सफल हुन सक्नुहुन्छ? (यर्मि. १७:७)

• कमजोर हुँदा हामी कसरी शक्‍तिशाली हुन सक्छौं? (२ कोरि. १२:१०)

• जरा गाडेर बसेको आनीबानी र मनोवृत्तिलाई समेत निरन्तर परिवर्तन गरिरहन मदत गर्ने मुख्य कुरा के हो? (एफि. ४:२३)

३. कार्यक्रम सुन्‍नुको अलावा हामीले कसरी अन्य तरिकामा पनि विशेष सम्मेलन दिनबाट लाभ उठाउन सक्छौं?

३ यस्तो महत्त्वपूर्ण जानकारीबाट हामी कत्ति धेरै लाभ उठाउनेछौं! साथै विशेष सम्मेलन दिनमा पनि क्षेत्रीय सम्मेलन अनि जिल्ला अधिवेशनमा जस्तै ठूलो मनको भई अरू मण्डलीका भाइबहिनीसित सङ्‌गतिको आनन्द उठाउने मौका पाउनेछौं। (भज. १३३:१-३; २ कोरि. ६:११-१३) त्यसैले पुराना साथीहरूसित कुरा गर्न र नयाँ साथीहरू बनाउन समय निकाल्नुहोस्‌। तपाईंको विशेष सम्मेलन दिनमा अतिथि वक्‍ताको रूपमा जिल्ला निरीक्षक वा बेथेलबाट कोही भाइ आउँदै हुनुहुन्छ भने उहाँ र उहाँकी पत्नीलाई स्वागत गर्ने मौका छोपे कसो होला? पक्कै पनि आउँदै गरेको विशेष सम्मेलन दिनको बाटो हेर्ने हामीसित थुप्रै कारण छ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने