पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा अक्टोबर
“के पैसा आनन्दको स्रोत हो? [जवाफ दिने मौका दिनुहोस्।] परमेश्वरले पैसाप्रतिको उचित दृष्टिकोणबारे कस्तो सल्लाह दिनुभएको छ के तपाईंले कहिल्यै सोच्नुभएको छ? बाइबल यसबारे के बताउँछ, म तपाईंलाई देखाउन सक्छु कि? [यदि घरधनी राजी भएमा र थप कुराकानी गर्न चासो देखाएमा १ तिमोथी ६:१० पढ्नुहोस्।] यो पत्रिकाले हामीलाई पैसाप्रतिको सन्तुलित दृष्टिकोण बताउँछ।”
प्रहरीधरहरा नोभेम्बर
“हामी सबैले जीवनमा चुनौतीहरू अनुभव गर्छौं।” [आफ्नो इलाकामा सामान्यतया घट्ने घटनाबारे बताउनुहोस्।] के तपाईंलाई यसको सामना गर्न परमेश्वरले मदत गर्न सक्नुहुन्छ भन्ने लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। यदि घरधनी थप कुराकानी गर्न राजी भएमा र बाइबलको कुरा हेर्न इच्छुक भएमा छलफल अघि बढाउनुहोस्।] हामीलाई परमेश्वरले बलियो पार्ने र मदत गर्ने यो एउटा तरिका हेर्नुस् त! [लूका ११:१३ पढ्नुहोस्।] यो पत्रिकाले पवित्र आत्मा के हो र यसले हामीलाई कसरी लाभ पुऱ्याउन सक्छ त्यसबारे बताउँछ।”