प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 जुलाई pp. ३-६
  • जिल्ला अधिवेशन—आनन्दसाथ उपासना गर्ने समय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जिल्ला अधिवेशन—आनन्दसाथ उपासना गर्ने समय
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो जिल्ला अधिवेशन—सत्यको पक्षमा जोडदार प्रमाण
    हाम्रो राज्य सेवा—२०१२
  • आध्यात्मिक भोज खाने र आनन्दित हुने अवसर
    हाम्रो राज्य सेवकाई—२००८
  • के तपाईं आध्यात्मिक भोजको लागि तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००९
  • आध्यात्मिक स्फूर्ति दिने तीन दिन
    हाम्रो राज्य सेवा—२०११
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 जुलाई pp. ३-६

जिल्ला अधिवेशन—आनन्दसाथ उपासना गर्ने समय

१. इस्राएलका चाडहरू कसरी आधुनिक समयका हाम्रा जिल्ला अधिवेशनजस्तै थिए?

१ यूसुफ, मरियम, तिनका छोराछोरी र अरूहरू वार्षिक चाडहरू मनाउन नियमित तवरमा यरूशलेम जान्थे। यी अवसरमा तिनीहरू र अन्य उपासकहरू आफ्नो दैनिक समस्याहरूबारे नसोच्न प्रयास गर्थे बरु जीवनको झनै महत्वपूर्ण आध्यात्मिक पक्षलाई ध्यान दिन्थे। यी चाडहरूले यहोवाको भलाइबारे मनन तथा कुराकानी गर्न र उहाँका नियमहरूमाथि विचार गर्न समय दिन्थ्यो। आउँदै गरेको जिल्ला अधिवेशनमा हामीले पनि आनन्दित भएर यहोवाको उपासना गर्ने त्यस्तै मौका पाउनेछौं।

२. आउँदै गरेको जिल्ला अधिवेशनको तयारी गर्न हामीले के गर्नुपर्छ?

२ तयारी आवश्‍यक: नासरतबाट आवत्‌जावत्‌ गर्न येशूका परिवारले प्रत्येक चोटी २०० किलोमिटर यात्रा गर्नुपर्थ्यो। येशूका कति जना दाजुभाइ तथा दिदीबहिनी थिए भन्‍न नसकिए तापनि यूसुफ र मरियमले कति प्रयास गर्नुपऱ्‍यो र कति योजना मिलाउनुपऱ्‍यो होला हामी कल्पना गर्न सक्छौं। आउँदै गरेको जिल्ला अधिवेशनको तीनै दिन उपस्थित हुन के तपाईंले आवश्‍यक तयारी गरिसक्नुभयो? यसको लागि काम गर्ने ठाउँमा छुट्टी माग्नुपर्ने वा हाकिमसित कुरा गर्नुपर्ने वा आफ्ना छोराछोरीका शिक्षकलाई भन्‍नुपर्ने हुन सक्छ। होटल बुकिङ गर्नुपर्छ भने गरिसक्नुभयो? विशेष आवश्‍यकता भएका भाइबहिनीलाई अधिवेशनमा उपस्थित हुन के तपाईं मदत गर्न अग्रसर हुन सक्नुहुन्छ? (१ यूह. ३:१७, १८)

३. इस्राएलमा मनाइने चाडहरूले उत्थानदायी संगति गर्ने मौका कसरी दिन्थ्यो?

३ उत्थानदायी संगति: यहूदी चाडहरूले सँगी विश्‍वासीहरूसँग उत्थानदायी संगति गर्ने कत्ति ठूलो मौका दिन्थ्यो! निस्सन्देह येशूका परिवार पुराना साथीभाइसित फेरि भेटेर समय बिताउन प्रतीक्षा गर्थे। यरूशलेममा आवत्‌जावत्‌ गरिरहेका अथवा त्यहाँ उपस्थित भएका यहूदीहरू र यहूदी मत मान्‍नेहरूमाझ नयाँ साथी बनाउने मौकाबाट पनि तिनीहरूले आनन्द उठाए।

४. हाम्रो एकताबद्ध ख्रीष्टियान भ्रातृत्वको हामी कदर गर्छौं भनी कसरी देखाउन सक्छौं?

४ विश्‍वासी र बुद्धिमान्‌ दासले छापिएका प्रकाशनहरूमार्फत जानकारी प्रस्तुत गर्नुको साटो सोही जानकारी जिल्ला अधिवेशनमा एकसाथ भेला गराएर भाषणहरूमार्फत सुन्‍ने प्रबन्ध मिलाउनुको एउटा कारण हामीले एक-अर्कालाई प्रोत्साहन दिन सकौं भनेर हो। (हिब्रू १०:२४, २५) त्यसकारण सेसन चेयरम्यानले सबै आ-आफ्नो सिटमा बस्नुपर्छ भन्‍ने संकेत दिन केही मिनेट धुन बज्ने जानकारी दिनुअगावै अरूसँगको संगतिको आनन्द उठाउन हरेक दिन अधिवेशनमा छिट्टै आउने प्रबन्ध मिलाउनुहोस्‌। दिउँसो खाजा खाने बेलामा खानेकुरा किन्‍न अधिवेशनस्थल छोडेर बाहिर जानुभन्दा अरूलाई भेट्‌न र कुराकानी गर्न सकियोस्‌ भनेर घरैबाट हल्का खानेकुरा लिएर आउन र अधिवेशनस्थलमै रहन हामीलाई प्रोत्साहन दिइन्छ। हाम्रो एकताबद्ध ख्रीष्टियान भ्रातृत्व हामी सबैले कदर गर्नुपर्ने यहोवाले दिनुभएको एउटा उपहार हो।—मीका २:१२.

५. कार्यक्रमबाट पूर्णतया लाभ उठाउन हामीलाई केले मदत गर्नेछ?

५ सिक्ने समय: येशू स्वर्गका आफ्नो पिताबारे सिक्नका लागि सानै उमेरदेखि चाडहरूमा जानुहुन्थ्यो। (लूका २:४१-४९) प्रस्तुत गरिने भागहरूबाट पूर्णतया लाभ उठाउन हामी र हाम्रा परिवारलाई केले मदत गर्नेछ? कार्यक्रमको दौडान आफ्नै सिटमा बसिरहनुहोस्‌ र अनावश्‍यक रूपमा बातचित नगर्नुहोस्‌। मोबाइल फोन, पेजर वा त्यस्तै अन्य उपकरणलाई आफू वा अरूको ध्यान विकर्षण गर्न नदिनुहोस्‌। आफ्नो आँखालाई वक्‍तामा केन्द्रित गर्नुहोस्‌ र छोटो टिपोट लेख्नुहोस्‌। छोराछोरीले सुनिरहेका छन्‌ कि छैनन्‌ पक्का गर्न सबै परिवार एकसाथ बस्नुहोस्‌। आफूलाई मन परेको बुँदा सँगै छलफल गर्न साँझ केही समय निकाल्नुहोस्‌।

६. हाम्रो पहिरन तथा कोरीबाटीबारे हामीले के कुरा मनमा राख्नुपर्छ?

६ पहिरन तथा कोरीबाटी: बाटोमा यात्रा गरिरहेका परदेशी व्यापारीहरूले चाड मनाउन आउँदै र जाँदै गरेका येशूका परिवार र अन्य यहूदी उपासकहरूलाई तिनीहरूको लुगाको किनारमा नीलो संजाप लगाएको झुम्का देखेर सजिलै चिन्‍न सक्थे। (गन्ती १५:३७-४१) विशेष लुगा नलगाए तापनि ख्रीष्टियानहरू भद्र र सफा-सुग्घर पहिरनका लागि चिनिन्छन्‌। अधिवेशन आवत्‌जावत्‌ गर्दा र अधिवेशन भइरहेको सहरमा हुँदा हामीले आफ्नो बाहिरी रूपलाई विशेष ध्यान दिनुपर्छ। कार्यक्रमपश्‍चात्‌ लुगा बदल्यौं भने पनि यहोवाको नाउँको आदर हुने खालको लुगा लगाउनुपर्छ र अधिवेशनको बिल्ला लगाउनुपर्छ। यसप्रकार हामी गैर-साक्षीहरूभन्दा भिन्‍नै देखिन्छौं र हामीलाई हेर्नेहरूलाई राम्रो प्रभाव पार्न सक्छौं।

७. किन हामीले अधिवेशनमा स्वयम्‌सेवा गर्ने विचार गर्नुपर्छ?

७ स्वयंसेवकहरू आवश्‍यक: अधिवेशन सुचारु रूपमा चल्न धेरै स्वयंसेवकहरू चाहिन्छन्‌। के तपाईं स्वयंसेवा गर्न सक्नुहुन्छ? (भज. ११०:३) अधिवेशनमा गरिने यस कार्य हाम्रो पवित्र सेवाको एउटा भाग हो र यसले राम्रो साक्षी दिन्छ। एउटा अधिवेशनमा स्वयंसेवकहरूले अधिवेशन-भवन सफा गरेको देखेर त्यहाँका व्यवस्थापक यत्ति प्रभावित भए कि तिनले यस्तो लेखे: “मैले अनुभव गरेको सबैभन्दा छक्कलाग्दो कार्यक्रम त तपाईंहरूकै हो। यसको लागि धन्यवाद। भवनलाई पहिलेभन्दा झनै सफा छोडेर जाने भनी नाम कमाएका विशेष व्यक्‍तिहरू यहोवाका साक्षीहरू हुन्‌ भनेर मैले सधैं सुन्दै आएको थिएँ। तपाईंहरू र तपाईंको संगठनले यो भवनलाई समुदायको लागि झनै राम्रो पारिदिनुभयो। तपाईंहरूजस्तो उदार मानिसहरूको समूहलाई चिन्‍ने मौका यसअघि हामीले कहिल्यै पाएका थिएनौं।”

८. अधिवेशन हुने सहरमा हामी साक्षी दिने कस्ता मौका पाउनेछौं?

८ साक्षी दिने मौका: अधिवेशन हुने सहरमा थुप्रैले अधिवेशनको बिल्ला लगाएका सफा र चिटिक्क परेका आगन्तुकहरूलाई देख्नेछन्‌ जसले गर्दा उनीहरूमा जिज्ञासा उठ्‌न सक्छ र हामीलाई अधिवेशनबारे बताउने मौका मिल्न सक्छ। कार्यक्रम सिद्धिएपछि चार वर्षका एक केटो विमोचन गरिएको नयाँ प्रकाशन आफूसँगै लिएर रेष्टुराँमा गएछन्‌ र त्यहाँका वेटरलाई देखाएछन्‌। यसले गर्दा उक्‍त केटोका आमाबाबुले ती स्त्रीलाई अधिवेशनमा आउन निम्तो दिन सकेछन्‌।

९. यहोवाबारे सिक्ने मौकाप्रति येशूका परिवारको जुन मनोवृत्ति थियो त्यसको अनुकरण हामी कसरी गर्न सक्छौं?

९ उहिलेका चाडहरू आध्यात्मिक कुरामा ध्यान दिने यहूदीहरूका लागि हर्षित हुने मौका थियो जसको तिनीहरू बाटो हेर्थे। (व्यव. १६:१५) उपस्थित हुन र पूरापूर लाभ उठाउन त्यागहरू गरेकोमा येशूका परिवार खुसी थिए। हाम्रा जिल्ला अधिवेशनलाई स्वर्गका पिताबाट आएको वरदानको रूपमा लिएर हामी यसको त्यति नै मोल गर्छौं। (याकू. १:१७) आनन्दित भई यहोवाको उपासना गर्ने यो वार्षिक अधिवेशनको लागि तयारी गर्ने समय अहिल्यै हो!

[पृष्ठ ६, ७-मा भएको पेटी

जिल्ला अधिवेशनका बेला ध्यान दिनुपर्ने कुराहरू

◼ कार्यक्रमको समय: तीनै दिन बिहान ९:२० बजे कार्यक्रम सुरु हुनेछ। तर अधिवेशन भवन भने बिहान ८:०० बजेदेखि नै खुला हुनेछ। कार्यक्रम सुरु हुनुअघि केही मिनेट धुन बज्दा हामी सबै आ-आफ्नो सिटमा बस्नुपर्छ। यसो गर्दा यहोवाको आदर हुनेगरि व्यवस्थित तरिकामा कार्यक्रम सुरु हुन सक्छ। बिहीवार र शुक्रवार साँझ ४:५५ बजे कार्यक्रम विसर्जन हुनेछ भने शनिवारचाहिं साँझ ३:४० बजे विसर्जन हुनेछ।

◼ सिट रोक्ने: एउटै छतमुनि बस्ने परिवार अथवा एउटै गाडीमा सँगै आउनेहरू, साथै अहिले तपाईंले बाइबल अध्ययन गराउँदै रहनुभएकाहरूका लागि मात्र सिट रोक्न सकिन्छ।—१ कोरि. १३:५.

◼ दिउँसोको खाजा: दिउँसो खाजा खाने बेलामा खानेकुरा किन्‍न अधिवेशनस्थल छोडेर बाहिर जानुभन्दा बरु कृपया खानेकुरा लिएर आउनुहोस्‌।

◼ अनुदान: राज्यभवन वा अधिवेशनमा विश्‍वव्यापी कार्यको लागि स्वेच्छिक अनुदान दिएर हामी जिल्ला अधिवेशनको प्रबन्धप्रति आफ्नो कृतज्ञता प्रकट गर्न सक्छौं।

◼ दुर्घटना तथा आपत्‌कालीन अवस्था: अधिवेशनस्थलमा बिरामी भएर वा चोटपटक लागेर आपत्‌कालीन अवस्था आइपरेमा कृपया नजिकैको परिचारकलाई खबर गर्नुहोस्‌। तिनले प्राथमिक उपचार विभागलाई तुरुन्त खबर गर्नेछन्‌। त्यसपछि प्राथमिक उपचारमा दक्ष व्यक्‍तिले अवस्था कत्तिको गम्भीर छ, पक्का गर्नेछन्‌ र आवश्‍यक मदत दिनेछन्‌। आवश्‍यक परेमा तिनले आकस्मिक मदतको लागि पनि सम्पर्क गर्नेछन्‌। यसले गर्दा सानातिना कुरामा पनि आकस्मिक सेवालाई फोन गरेर अवरोध पुऱ्‍याउने अवस्था आइपर्नेछैन।

◼ सुस्त श्रवण भएकाहरू: हलमा कार्यक्रम एफ एम रेडियो फ्रिक्वेन्सीमा प्रसारण गरिनेछ। यो प्रबन्धको फाइदा उठाउन तपाईंले इयरफोनसहितको ब्याट्रीबाट चल्ने सानो रेडियो ल्याउनुपर्ने हुन्छ।

◼ रेष्टुराँ: रेष्टुराँमा पनि असल बानीबेहोरा देखाएर यहोवाको नाउँको सम्मान गर्नुहोस्‌।

◼ होटल: (१) साँच्चै चाहिनेभन्दा बढी कोठाहरू रिजर्भ नगर्नुहोस्‌ र अनुमति पाएभन्दा बढी मानिसहरूलाई आफ्नो कोठामा नराख्नुहोस्‌।  (२) आफूले गरेको रिजरभेसन रद्द गर्नुपरेमा होटललाई तुरुन्त खबर गरिहाल्नुहोस्‌। (३) पकाउन निषेध गरिएको कोठामा नपकाउनुहोस्‌। (४) होटलका कर्मचारीहरूसित व्यवहार गर्ने सन्दर्भमा हरेक समय आत्माको फल प्रदर्शन गर्नुहोस्‌। उनीहरूले होटलमा आएका थुप्रै पाहुनाको ख्याल गर्नुपरिरहेको हुन्छ। त्यसैले उनीहरू हाम्रो दयालु, धैर्यवान्‌ र व्यावहारिक व्यवहारको कदर गर्छन्‌। (५) बढी पैसा लिएको खण्डमा अथवा तपाईंले नमगाएको वा प्रयोग नगरेका कुराको लागि पैसा लिन खोजेमा त्यो पैसा नतिर्नुहोस्‌ र यसबारे अधिवेशनमा जतिसक्दो चाँडो आवास विभागलाई खबर गर्नुहोस्‌। (६) होटलमा कोठासम्बन्धी समस्या भएमा अधिवेशनमा उपस्थित हुँदा आवास विभागलाई खबर गर्न नबिर्सनुहोस्‌। उहाँहरूले तपाईंलाई मदत गर्न सक्नुहुन्छ।

◼ स्वयंसेवा: अधिवेशनमा उपस्थित हुँदा पाइने आनन्द त्यहाँ नगरि नहुने कार्यहरू गर्न मदत दिन स्वयंसेवा गर्दा झन्‌ बढ्‌छ। (प्रेरि. २०:३५) यसो गर्न चाहनेहरूले अधिवेशनस्थलको स्वयंसेवा विभागलाई जनाउ दिनुपर्छ। अधिवेशनलाई सफल पार्ने काममा १६ वर्षभन्दा कम उमेरकाहरूले पनि आफ्नो आमा वा बाबु वा उनीहरूले स्वीकृति दिएका कुनै एक वयस्कको निरीक्षणमा रहेर योगदान पुऱ्‍याउन सक्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने