तपाईंलाई विदेशी भाषाको साहित्य तुरुन्तै चाहियो भने
हामी कहिलेकाहीं हाम्रो मण्डलीको स्टकमा नभएको विदेशी भाषाको साहित्य पढ्न रुचाउने मानिसहरूलाई भेट्छौं। तर तपाईंसित इन्टरनेट र प्रिन्टरको सुविधा छ भने तपाईं आफैले लगभग ४०० भाषाहरूमा साहित्य छाप्न सक्नुहुन्छ भनेर के तपाईंलाई थाह थियो? तरिका यसप्रकार छ:
• हाम्रो आधिकारिक वेब साइट, www.watchtower.org मा जानुहोस्
• होम पेजको दायाँ कुनामा केही भाषाको एउटा सूची छ। उपलब्ध सबै भाषाको सूची हेर्न पृथ्वीको चित्रमा क्लिक गर्नुहोस्।
• तपाईंलाई चाहिएको भाषामा क्लिक गर्नुहोस्। तपाईंले छाप्न सक्ने साहित्य, जस्तै:- पर्चा, पुस्तिका र लेखहरू भएको एउटा पृष्ठ देखा पर्नेछ। यो पृष्ठ तपाईंले छानेको भाषामा लेखिएको हुनाले शीर्षक ठम्याउन सक्नुभएन भने पनि चिन्ता नगर्नुहोस्।
• दिइएको कुनै पनि विषयमा क्लिक गर्नुहोस्। कम्प्युटरको पर्दामा लेख देखिनेछ र त्यसपछि ब्राउजरको प्रिन्ट चिन्हमा क्लिक गरेर उक्त लेख छाप्न सक्नुहुन्छ।
हाम्रो वेब साइटमा केही नमुना मात्र राखिएका छन्; थप प्रकाशन मण्डलीमार्फत उपलब्ध हुन्छ। चासो छ कि छैन, पक्का गरिसकेपछि साहित्य काउन्टरबाटै साहित्य मगाउनु बेस हो।