प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 मे p. २
  • तिनीहरूलाई मदत दिने साधन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूलाई मदत दिने साधन
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • इन्टरनेटमा सुसमाचार
    हाम्रो राज्य सेवकाई—१९९७
  • हाम्रो आधिकारिक वेब साइट—बेग्लै भाषा बोल्ने व्यक्‍तिलाई मदत गर्न प्रयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१२
  • हाम्रो आधिकारिक वेब साइट—प्रयोग गर्न सजिलो नयाँ डिजाइन
    हाम्रो राज्य सेवा—२०१२
  • तपाईंलाई विदेशी भाषाको साहित्य तुरुन्तै चाहियो भने
    हाम्रो राज्य सेवकाई—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 मे p. २

तिनीहरूलाई मदत दिने साधन

साँचो मसीहीहरू सुसमाचार फैलाउने जन सेवकाईमा भाग लिन्छन्‌। (फिलि. २:१७) यो उद्देश्‍य हासिल गर्नको लागि २० भाषामा केही आधारभूत पुस्तिका, पर्चा तथा लेखहरू इन्टरनेट वेब साइट www.watchtower.org मा राखिएका छन्‌। यो वेब साइट यहोवाका साक्षीहरूको नवीनतम प्रकाशनहरू वितरण गर्नको लागि तयार पारिएको होइन। यसको उद्देश्‍य यहोवाका साक्षीहरूले बाइबलबाट के सिकाउँछन्‌ भनी जनसाधारणलाई सही जानकारी उपलब्ध गराउनु हो।

हालसालै हाम्रो आधिकारिक वेब साइटमा एउटा महत्त्वपूर्ण कुरा थपिएको छ। त्यो हो, २२० भन्दा बढी भाषामा परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका। साथै, जनवरी १ र जनवरी ८, २००४ देखि सबै भाषाका प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌!-को अन्तिम पृष्ठमा हाम्रो वेब साइटको ठेगाना छापिन थालेको छ।

तपाईं यो औजार कसरी चलाउन सक्नुहुन्छ? तपाईंले चासो देखाउने तर अर्कै भाषा मात्र बुझ्ने मानिस भेट्‌नुहोला। तिनीसित इन्टरनेटको सुविधा उपलब्ध छ भने तपाईंले प्रहरीधरहरा वा ब्यूँझनुहोस्‌!-को अन्तिम पृष्ठमा भएको वेब साइटको ठेगाना देखाउन सक्नुहुन्छ। यसरी तिनको आफ्नै भाषामा साहित्यहरू लिएर तपाईं तिनलाई फेरि भेट्‌न जानुअघि नै तिनले आफ्नो मातृभाषामा चाहनुहुन्छ पुस्तिका पढ्‌न सक्नेछन्‌। वा तपाईंले तिनको भाषा बोल्ने मण्डली वा समूहलाई खबर गर्न सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने