प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 नोभेम्बर p. ४
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • अग्रगामीहरुलाई समर्थन कसरी देखाउँन सकिन्छ
    हाम्रो राज्य सेवकाई—१९९२
  • अग्रगामी सेवकाईका आशिष्‌हरू
    हाम्रो राज्य सेवकाई—२००३
  • तिनीहरूले विश्‍वासीपनको नमुना बसालेका छन्‌
    हाम्रो राज्य सेवकाई—२००६
  • अग्रगामीहरूले पुऱ्‍याउनुपर्ने घण्टामा काँटछाँट
    हाम्रो राज्य सेवकाई—१९९९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 नोभेम्बर p. ४

प्रश्‍न पेटी

◼ कस्ता व्यावहारिक तरिकामा हामी अग्रगामीहरूलाई मदत गर्न सक्छौं?

सेवा वर्ष २००९ को दौडान विश्‍वभरि लगभग ८,००,००० भाइबहिनीले नियमित र विशेष अग्रगामीको रूपमा सेवा गरे। यी पूर्ण-समय सेवकहरू राज्यको सुसमाचार फैलाउन आफ्नो समय, शक्‍ति र भौतिक स्रोत-साधनको पहिलो फल दिन्छन्‌। (हितो. ३:९) तिनीहरूको प्रयास देखेर यहोवा कत्ति खुसी भएको हुनुपर्छ! के-के गरेर हामी यहोवाको दृष्टिकोण झल्काउन सक्छौं र अग्रगामीहरूलाई यस सेवामा आनन्दित हुन र यसमा लागिरहन मदत गर्न सक्छौं?

पक्कै पनि हामीले विचार पुऱ्‍याएर बोलेका शब्दहरूले तिनीहरूलाई अग्रगामीको रूपमा सेवा गरिरहन प्रोत्साहन दिन सक्छ। (हितो. २५:११) प्रचारकार्यमा तिनीहरूसितै काम गर्न आफ्नो साप्ताहिक तालिकामा छाँटकाँट गर्न सक्छौं कि? सँगै काम गर्दा तिनीहरूको सवारी साधनको सट्टा आफ्नो सवारी साधन प्रयोग गर्न वा तिनीहरूको गाडी भाडा तिरिदिन सक्छौं। तिनीहरूको सवारी साधनमा चढ्‌यौं भने खर्च धान्‍न मदत पुऱ्‍याउन केही अनुदान दिन सक्छौं। (१ कोरि. १३:५; फिलि. २:४) अतिथि सत्कार गरेर र अग्रगामीहरूलाई बेलाबेलामा सँगै खाना खान घरमा निम्तो दिएर पनि हामी मायालु समर्थन देखाउँछौं।—१ पत्रु. ४:८, ९.

यहोवाको राज्यलाई पहिलो स्थान दिनेहरूको आवश्‍यकता उहाँले पूरा गर्नुहुनेछ भनी बाइबलले ग्यारेन्टी दिन्छ। (भज. ३७:२५; मत्ती ६:३३) उहाँले यसो गर्ने एउटा तरिका हाम्रो मायालु ख्रीष्टियान भाइबहिनीमार्फत हो। (१ यूह. ३:१६-१८) निश्‍चय पनि अग्रगामीहरू आफ्नो आर्थिक भार अरूले उठाइदिएको आशा गर्दैनन्‌। अनि खाँचोमा पर्दा अरूलाई भन्‍न पनि तिनीहरू सजिलो मान्दैनन्‌ होला। तैपनि चनाखो भएर अनि परिस्थिति बुझेर व्यावहारिक तरिकामा वफादार अग्रगामीहरूलाई मदत गर्न र तिनीहरूको “अभाव पूरा” गर्न सक्छौं।—२ कोरि. ८:१४, १५, NRV.

प्रथम शताब्दीमा सिनक्रिया मण्डलीकी जोसिलो प्रचारक फिबी रोममा आउँदा पावलले रोमका भाइहरूलाई यस्तो प्रोत्साहन दिए: “पवित्र जनहरूलाई जसरी स्वागत गर्नुपर्ने हो, तिमीहरूले उनलाई पनि प्रभुमा त्यसरी नै स्वागत गर अनि उनलाई . . . जे-जस्तो मदतको खाँचो पर्छ, सहयोग गर।” (रोमी १६:१, २, NW) ढिलासुस्ती नगरी सुसमाचार घोषणा गरिरहेका हाम्रा मण्डलीका नियमित र विशेष अग्रगामीहरूलाई त्यस्तै किसिमको मायालु समर्थन देखाउने मौका हामीसित पनि छ।—प्रेरि. ५:४२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने