तपाईंका साहित्यहरू कस्तो अवस्थामा छन्?
अरूलाई दिने विचार गरेको कुनै पनि साहित्यबारे यो प्रश्न गर्नु उपयुक्त छ। पानाहरू दोब्रिएका, पहेंलिएका, च्यातिएका वा दागैदाग लागेका छन् भने त्यसले हाम्रो सङ्गठनबारे मानिसहरूमा नराम्रो छाप पार्छ अनि साहित्यमा भएको जीवन बचाउने सुन्दर सन्देशबाट घरधनीको ध्यान विकर्षण गर्न सक्छ।
हामीले आफ्ना साहित्यहरू कसरी सफा र चिटिक्क राख्न सक्छौं? थुप्रैले आफ्नो झोलामा एउटै किसिमका साहित्यहरू एक ठाउँमा मिलाएर राख्ने तरिका मदतकारी पाएका छन्। जस्तै:- तिनीहरूले आफ्नो झोलामा भाग-भाग गरेर किताबहरू एक ठाउँमा, पत्रिका अनि पुस्तिकाहरू एक ठाउँमा, पर्चा र अन्य केही साहित्य अर्को ठाउँमा मिलाएर राख्छन्। अनि हरेक पटक घरधनीसित कुरा गरिसकेपछि बाइबल र कुनै साहित्य फेरि झोलामा हाल्दा नदोब्रिने गरी राम्ररी हाल्छन्। केही प्रकाशकले आफ्नो साहित्य फाइलमा वा प्लास्टिकको झोलामा हाल्ने गर्छन्। साहित्यहरू राम्रो अवस्थामा राख्न जस्तोसुकै तरिका अपनाए तापनि हामी घरधनीलाई दाग लागेको वा च्यातिएको साहित्य दिएर हाम्रो सेवामा खोट भेट्टाउने ठोस कारण दिन चाहँदैनौं।—२ कोरि. ६:३.