प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 डिसेम्बर p. २
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवा—२०११
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं हाम्रा प्रकाशनहरूको मोल गर्नु हुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९२
  • साँच्चै चासो भएकाहरूलाई मात्र साहित्य दिनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • बाइबल प्रकाशनहरू सदुपयोग गरौं
    हाम्रो राज्य सेवकाई—२००५
  • बहुभाषी इलाकामा साहित्य प्रस्तुत गर्ने
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०११
km11 डिसेम्बर p. २

प्रश्‍न पेटी

◼ कसैलाई साहित्य दिने कि नदिने भनेर कसरी पक्का गर्न सकिन्छ?

विचार गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा मानिसहरूको चासो हो। यदि कुनै व्यक्‍तिले साँच्चै चासो देखाउँछ भने हामी तिनलाई प्रहरीधरहरा, ब्यूँझनुहोस्‌!, पुस्तिका, किताब वा अरू साहित्यहरू दिन सक्छौं। विश्‍वव्यापी कार्यको लागि अनुदान दिन तिनीसित पैसा थोरै छ वा छँदै छैन भनेर थाह पायौं भने पनि हामी तिनलाई साहित्य दिन सक्छौं। (अय्यू. ३४:१९; प्रका. २२:१७) तर हाम्रा बहुमूल्य साहित्यहरूको मोल नगर्नेहरूलाई भने हामी ती साहित्यहरू दिंदैनौं।​—⁠मत्ती ७:⁠६.

घरधनीले चासो दिएको कुरा हामी कसरी थाह पाउन सक्छौं? हामीसित कुराकानी गर्न घरधनीले देखाउने इच्छुकता तिनलाई चासो छ भन्‍ने कुराको राम्रो सङ्‌केत हो। इच्छुक व्यक्‍तिले हाम्रो कुरा ध्यान दिएर सुन्छ, प्रश्‍नको जवाफ दिन्छ र आफ्नो विचार व्यक्‍त गर्छ। बाइबल पढेर सुनाउँदा तिनले पनि सँगसँगै पछ्याउँछन्‌ भने तिनी परमेश्‍वरको वचनलाई आदर गर्छन्‌ भन्‍ने देखिन्छ। कहिलेकाहीं भने घरधनीलाई तिनी हाम्रा साहित्यहरू पढ्‌न चाहन्छन्‌ कि भनेर सोध्नु पनि मदतकारी हुन्छ। कुनै व्यक्‍तिलाई चासो छ कि छैन भनेर पक्का गर्न प्रकाशकले राम्ररी सोचविचार गर्नुपर्छ। जस्तै:- सडक साक्षी दिंदा हामीले सोचविचारै नगरी भेटेजति जोकोहीलाई पनि पत्रिका, पुस्तिका वा किताबहरू दिनु उपयुक्‍त हुँदैन। कुनै व्यक्‍तिलाई चासो छ कि छैन भनेर थाह पाउन सकेनौं भने तिनलाई कुनै हातेपर्ची वा पर्चा दिनु बेस हुन्छ।

त्यसैगरि, कुनै प्रकाशकलाई कति मात्रामा साहित्य दिने भनेर साहित्य विभागले प्रकाशकले कति अनुदान दिन सक्छन्‌, त्यसको आधारमा नभई तिनलाई आफ्नो सेवाको काम पूरा गर्न कति साहित्य चाहिन्छ, त्यसको आधारमा निर्णय गर्नुपर्छ। हामीले दिने अनुदान साहित्यको लागि होइन तर विश्‍वव्यापी प्रचारकार्यसित सम्बन्धित सम्पूर्ण कुरालाई टेवा पुऱ्‍याउनको लागि हो। हाम्रो आर्थिक अवस्था बेग्ला-बेग्लै होला। तर अवस्था जस्तोसुकै भए तापनि कृतज्ञताको मनोभावले हामीलाई आफ्नो प्रशस्तताबाट मात्र होइन बरु अभाव हुँदा पनि खुसीसाथ परमेश्‍वरको राज्यसम्बन्धी सम्पूर्ण कुरालाई समर्थन गर्नको लागि अनुदान दिन उत्प्रेरित गर्नेछ। (मर्कू. १२:​४१-४४; २ कोरि. ९:⁠७) साथै यस्तो मनोभावले हामीलाई आफूलाई चाहिनेजति मात्र साहित्य लिन उत्प्रेरित गर्नेछ। यसो गरेमा प्रचारकार्यसित सम्बन्धित सम्पूर्ण कुरालाई टेवा पुऱ्‍याउन दिइएको अनुदान खेर जानेछैन।

[पृष्ठ २-मा भएको ठूलो अक्षरको क्याप्सन]

कुनै व्यक्‍तिलाई चासो छ कि छैन भनेर पक्का गर्न प्रकाशकले राम्ररी सोचविचार गर्नुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने