कुराकानी थाल्ने उदाहरण
नोभेम्बर महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्न सक्नुहुन्छ
“हामी सबैको कोही न कोही परिवारका सदस्य वा साथीको मृत्यु भएको छ। के हामी तिनीहरूलाई फेरि भेट्न पाउनेछौं? [जवाफ दिने मौका दिनुहोस् ] के म तपाईंलाई पवित्र शास्त्रबाट एउटा सान्त्वनादायी आशाबारे देखाऊँ?” घरधनीले हुन्छ भनेमा अक्टोबर-डिसेम्बर अङ्कको प्रहरीधरहरा घरधनीलाई देखाउँदै पृष्ठ २० को पहिलो उपशीर्षकमुनिका अनुच्छेदहरू पढेर छलफल गर्नुहोस्। अनि त्यसमा उद्धृत गरिएको एउटा शास्त्रपद पढ्नुहोस्। पत्रिका दिनुहोस् र फेरि भेटेर बाँकी प्रश्नबारे छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्।
प्रहरीधरहरा अक्टोबर-डिसेम्बर
“सन्तान जन्माउनु आमाबाबुको लागि जीवनको सबैभन्दा सुखद क्षणमध्ये एउटा हो। तर बच्चा जन्मेपछि त्यससँगसँगै आइपर्ने चुनौतीहरूको सामना आमाबाबुले कसरी गर्न सक्छन्? [जवाफ दिने मौका दिनुहोस् ] यस सन्दर्भमा पवित्र शास्त्रमा कस्तो मदतकारी सिद्धान्त दिइएको छ, म तपाईंलाई देखाऊँ? [घरधनीले हुन्छ भनेमा १ कोरिन्थी १३:४, ५ पढ्नुहोस् ] बच्चा जन्मेपछि दाम्पत्य जीवनमा आइपर्ने चुनौतीहरूको सामना गर्न चाहिने व्यावहारिक तरिकाहरू यस लेखमा छलफल गरिएको छ।” “बच्चा जन्मँदा वैवाहिक जीवनमा कस्तो परिवर्तन आउन सक्छ?” भन्ने लेख देखाउनुहोस्।