कुराकानी थाल्ने उदाहरण
जुलाई महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्न सक्नुहुन्छ
“अहिलेको यस्तो कठिन समयमा हामी सबैले नै परिवारलाई निकै चिन्तित पारिरहेको चुनौतीहरूको सामना गर्नुपरेको छ। तपाईंको विचारमा हाम्रो पारिवारिक जीवन आनन्दित बनाउन मदत गर्ने भरपर्दो डोऱ्याइ कहाँ पाउन सकिन्छ होला?” जवाफ दिने मौका दिनुहोस्। घरधनी थप छलफल गर्न इच्छुक छन् भने जुलाई-सेप्टेम्बरको प्रहरीधरहरा दिनुहोस्। त्यसपछि पृष्ठ १४ र १५ मा भएको कुनै एउटा उपशीर्षक छलफल गर्नुहोस् र कम्तीमा उद्धृत गरिएको एउटा बाइबल पद छलफल गर्नुहोस्। पत्रिका दिनुहोस् र फेरि भेटेर अर्को प्रश्नको जवाफ छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्।
प्रहरीधरहरा जुलाई-सेप्टेम्बर
“के तपाईंले कहिल्यै ‘आरमागेडोन’ शब्द सुन्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्] ‘आरमागेडोन’ अर्थात् संसारको अन्त भन्नेबित्तिकै धेरैले भयावह विनाशबारे सोच्छन्। ‘आरमागेडोन’ भन्ने शब्द कहाँबाट आएको हो भनेर के म तपाईंलाई देखाउन सक्छु? [घरधनी सहमत छन् भने प्रकाश १६:१६ पढ्नुहोस्। त्यसपछि पत्रिकाको आवरण देखाउनुहोस्] यस पत्रिकाले आरमागेडोन के हो अनि यो कहिले आउँछ भनेर हामीले किन पर्खनुपर्छ, त्यसबारे बताउँछ।”