कुराकानी थाल्ने उदाहरण
नोभेम्बर महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्न सक्नुहुन्छ
“यहाँ दिइएको एउटा चाखलाग्दो प्रश्न हेर्नुहोस् त। [प्रहरीधरहरा, नोभेम्बर १ अङ्कको अन्तिम पृष्ठमा भएको पहिलो प्रश्न पढ्नुहोस्।] तपाईंलाई कस्तो लाग्छ? [पहिलो प्रश्नअन्तर्गत भएका दुईवटा अनुच्छेद र उद्धरण गरिएका शास्त्रपदमध्ये कम्तीमा एउटा पढ्नुहोस्।] येशूले किन मानिसहरूलाई पुनर्जीवित गर्नुभयो र यो कुरा हाम्रो लागि किन महत्त्वपूर्ण छ भन्ने विषयमा छलफल गर्न म अर्को पटक यहाँ आउन सक्छु कि?”
प्रहरीधरहरा नोभेम्बर १
“संसारमा किन यत्ति धेरै खराब कुराहरू भइरहेका छन् भन्ने विषयमा तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्।] यस प्रश्नको जवाफ बाइबलको प्रकाश १२:९ मा दिइएको छ। [पढ्नुहोस्।] तर पद १२ मा भने हामी यस्तो आशा पाउँछौं। [प्रकाश १२:१२ पढ्नुहोस्।] सैतानको दुष्ट प्रभावको चाँडै अन्त हुनेछ। यस पत्रिकाको ‘के हामी सैतानसित डराउनुपर्छ?’ भन्ने लेखमा हामी अहिले कसरी सैतानको प्रभावबाट सुरक्षित रहन सक्छौं र भविष्यमा सैतानलाई के हुनेछ भनेर बताइएको छ। म तपाईंलाई यस पत्रिकाको एक प्रति दिन चाहन्छु।”