प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 डिसेम्बर पृ. १
  • हामी सधैं प्रचार गर्न तयार हुनै पर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी सधैं प्रचार गर्न तयार हुनै पर्छ
  • हाम्रो राज्य सेवा—२०११
  • मिल्दोजुल्दो सामग्री
  • घर-घरको साक्षीकार्य
    हाम्रो राज्य सेवकाई—२००६
  • “प्रचारकको काम गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • खुल्लमखुल्ला र घरघरमा सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • घर-घरको प्रचार—अहिले किन महत्त्वपूर्ण?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०११
km11 डिसेम्बर पृ. १

हामी सधैं प्रचार गर्न तयार हुनै पर्छ

१. प्रथम शताब्दीका प्रचारकहरूले प्रचारकार्यबाट छुट्टी पाएको जस्तो कहिल्यै सोचेनन्‌ भनेर हामी किन भन्‍न सक्छौं?

१ प्रथम शताब्दीका जोसिला प्रचारकहरूले मानिसहरू भेटिने जुनसुकै ठाउँमा पनि सुसमाचार सुनाउन “बन्द गरेनन्‌।” (प्रेषि. ५:४२) त्यसकारण तिनीहरू घरघरको प्रचारकार्यमा जाँदा बाटोमा भेटिने मानिसहरूलाई साक्षी नदिईकन सुइँसुइँ आफ्नो बाटो लागेको हामी कल्पनासमेत गर्न सक्दैनौं। न त तिनीहरूले प्रचारकार्य सिद्धिएपछि बजारमा किनमेल गर्दा अनौपचारिक साक्षी दिने मौकाको सदुपयोग नगरेको नै कल्पना गर्न सक्छौं। येशूले जस्तै तिनीहरूले पनि प्रचारकार्यबाट छुट्टी पाएको जस्तो कहिल्यै सोचेनन्‌।​—⁠मर्कू. ६:​३१-३४.

२. आफ्नो नामअनुसार जिउनुमा के समावेश छ?

२ सधैं तयार रहनुहोस्‌: हामीले पाएको ‘यहोवाको साक्षी’ भन्‍ने नामले हामी के गर्छौं, त्यो मात्र होइन तर हामी को हौं भनेर पनि बताउँछ। (यशै. ४३:​१०-१२) त्यसकारण घरघरको प्रचारकार्यमा जाँदा मात्र होइन, हामी सधैं आफ्नो आशाको पक्षमा बोल्न तयार छौं। (१ पत्रु. ३:१५) अनौपचारिक साक्षी दिने कस्ता मौकाहरू मिल्न सक्छ र त्यतिबेला के भन्‍न सकिन्छ भनेर तपाईं पहिल्यै विचार गर्नुहुन्छ? के तपाईं चासो देखाउनेहरूलाई साहित्य दिन ती आफूसँगै राख्नुहुन्छ? (हितो. २१:⁠५) के तपाईं घरघरमा मात्र प्रचार गर्नुहुन्छ वा परिस्थितिले दिन्छ भने अरू ठाउँहरूमा पनि मानिसहरूलाई सुसमाचार सुनाउनुहुन्छ?

३. सडक, पार्किङ गर्ने ठाउँ, पार्क, व्यापारिक इलाका वा अरू त्यस्तै ठाउँमा गरिने प्रचारकार्यलाई बुझाउन “वैकल्पिक” भन्‍ने शब्द प्रयोग गर्नु किन उपयुक्‍त होइन?

३ साक्षीकार्य “वैकल्पिक” होइन: विगतमा हामीले सडक, पार्किङ गर्ने ठाउँ, पार्क, व्यापारिक इलाका वा अरू त्यस्तै ठाउँमा गरिने प्रचारकार्यलाई बुझाउन कहिलेकाहीं “वैकल्पिक” भन्‍ने शब्द प्रयोग गरेका थियौं। तर “वैकल्पिक” भन्‍ने शब्दले प्रचार गर्ने ती तरिकाहरू अनौठो प्रकारको, असामान्य वा गरे पनि हुने नगरे पनि हुने खालको हो भनेर गलत अर्थ दिन सक्छ। (प्रेषि. २०:२०) आफूले “जनसमक्ष” अनि घरघरमा प्रचार गरेको कुरा प्रेषित पावलले बताए। त्यसकारण “वैकल्पिक” साक्षीकार्यको साटो “जनसमक्ष” गरिने प्रचारकार्य भन्‍नु अझ उपयुक्‍त छ। यो कुरा साँचो हो, घरघरको प्रचारकार्य नै मानिसहरूलाई राज्य सन्देश सुनाउने प्रमुख अनि सबैभन्दा प्रभावकारी तरिका हो। तर प्रथम शताब्दीका प्रचारकहरूले मानिसहरूलाई ध्यान दिए, घरलाई होइन। तिनीहरूले जनसमक्ष, अनौपचारिक रूपमा अनि घरघरमा गएर सत्यबारे बोल्ने हरेक मौकाको फाइदा उठाए। आफ्नो सेवाको काम पूरा गर्न हामी पनि तिनीहरूले जस्तै मानिसहरूमा ध्यान केन्द्रित गर्न चाहन्छौं।​—⁠२ तिमो. ४:⁠५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने