प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 जून पृ. ३-४
  • सुन्‍नुहोस्‌ र सिक्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सुन्‍नुहोस्‌ र सिक्नुहोस्‌
  • हाम्रो राज्य सेवा—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं आध्यात्मिक भोजको लागि तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००९
  • ‘ध्यान दिएर सुन्‍नुहोस्‌ र आफ्नो विद्या बढाउनुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००१
  • आध्यात्मिक भोज खाने र आनन्दित हुने अवसर
    हाम्रो राज्य सेवकाई—२००८
  • ‘मानिसहरूलाई भेला गर’
    हाम्रो राज्य सेवा—२०१४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१३
km13 जून पृ. ३-४

सुन्‍नुहोस्‌ र सिक्नुहोस्‌

१. जिल्ला अधिवेशनमा सुन्‍न र सिक्न किन थप प्रयास गर्नुपर्छ?

१ चाँडै सन्‌ २०१३ को जिल्ला अधिवेशन सुरु हुनेछ। संसारको परिस्थितिलाई ध्यानमा राख्दै कार्यक्रम तयार गर्न निकै मेहनत गरिएको छ। अधिवेशनमा तीनै दिन उपस्थित हुन के तपाईंले कामकुरा मिलाइसक्नुभयो? अधिवेशनमा ध्यान खलबल्याउने कुराहरू धेरै हुन सक्छन्‌। त्यसैले कार्यक्रममा ध्यान दिएर सुन्‍न थप प्रयास गर्नुपर्छ। साथै अधिवेशनका कार्यक्रम मण्डलीको सभाभन्दा लामो हुने भएकोले हामी धेरै बेर एकाग्र भएर बस्नुपर्छ। यसबाहेक, यात्रा तथा अन्य कुराहरूले गर्दा थकाइ पनि लाग्न सक्छ। सुन्‍न र सिक्न सक्नेगरि टाठो रहन हामीलाई केले मदत गर्छ?—व्यव. ३१:१२.

२. अधिवेशन कार्यक्रमको लागि तपाईं कसरी आफ्नो मन तयार पार्न सक्नुहुन्छ?

२ अधिवेशनअगाडि: हाम्रो आधिकारिक वेब साइट www.jw.org/ne मा अधिवेशनको कार्यक्रम राखिन्छ। त्यस कार्यक्रममा सबै भाषणका विषय र प्रत्येक विषयसित सम्बन्धित एउटा वा दुइटा मुख्य शास्त्रपद दिइएका हुन्छन्‌। इन्टरनेटको सुविधा छ भने तपाईंले त्यो हेर्न सक्नुहुन्छ। यसो गर्दा तपाईंले प्रस्तुत गरिने कुराहरूका लागि मन तयार पार्न सक्नुहुन्छ। (एज्रा ७:१०) आउँदै गरेको कार्यक्रमको लागि उत्सुकता बढाउन साँझको पारिवारिक उपासनामा यसबारे छलफल गर्न समय छुट्‌याउन सक्नुहुन्छ कि?

३. ध्यान दिएर सुन्‍न हामीलाई कुन कुराले मदत गर्छ?

३ कार्यक्रमको दौडान: मिल्छ भने कार्यक्रम सुरु हुनुअघि नै शौचालय प्रयोग गर्नुहोस्‌। कार्यक्रमको दौडान फोन र मेसेजले ध्यान भङ्‌ग नगरोस्‌ भनेर वा आफूलाई पनि मेसेज गर्न सकसक नलागोस्‌ भनेर मोबाइल बन्द गरेर राख्नुहोस्‌। बन्द गरेर राख्न मिल्दैन भने अरूलाई बाधा नपुग्ने गरी मोबाइलको सेटिङ्‌ग मिलाउनुहोस्‌। कार्यक्रममा तपाईंले इलेक्ट्रोनिक ट्‌याबलेट चलाउनुहुन्छ भने अरूको ध्यान नखलबलिने गरी चलाउनुहोस्‌। कार्यक्रमको दौडान खाने वा पिउने नगर्नुहोस्‌। (उप. ३:१) वक्‍ताले भाषण दिंदा तिनलाई नै हेर्नुहोस्‌। शास्त्रपद पढ्‌दा तपाईं आफैले पनि बाइबल पल्टाएर हेर्नुहोस्‌। छोटो-मिठो टिपोट लिनुहोस्‌।

४. आमाबाबुले छोराछोरीलाई सुन्‍न र सिकाउन कसरी मदत गर्न सक्छन्‌?

४ छोराछोरीले पनि सुनून्‌ र सिकून्‌ भन्‍ने हामी चाहन्छौं। हितोपदेश २९:१५ मा यसो भनिएको छ: “छाडा छोडेको छोराले आफ्नी आमालाई लाजमा पार्छ।” त्यसैले सपरिवार एकै ठाउँ बस्नु राम्रो हो। यसरी सँगै बस्दा छोराछोरीले कार्यक्रम ध्यान दिएर सुन्‍नुको सट्टा कुरा गर्ने, मेसेज गर्ने वा बिनसित्ति हिंडिरहेका छन्‌ कि भनेर आमाबाबुले देखरेख गर्न सक्छन्‌। छोराछोरी एकदमै सानो छन्‌ र छलफल गरिएको सबै कुरा बुझ्न सक्दैनन्‌ भने पनि तिनीहरूलाई नसुती चुप लागेर बस्न सिकाउन सकिन्छ।

५. कार्यक्रम पुनरावृत्ति गर्नु किन लाभदायी हो? यो हामी कसरी गर्न सक्छौं?

५ हरेक दिनको कार्यक्रम सिद्धिएपछि: राती अबेरसम्म नबस्नुहोस्‌। पर्याप्त आराम गर्न चाँडै सुत्नुहोस्‌। कार्यक्रममा भनिएका कुराहरू फेरि दोहोऱ्‍याउँदा तपाईंले ती लामो समयसम्म सम्झिन सक्नुहुन्छ। त्यसैले परिवारै मिलेर प्रत्येक साँझ कार्यक्रमबारे छोटकरीमा छलफल गर्दा लाभदायी हुन्छ। साथीहरूसँग बाहिर खान जानुभयो भने नोट कापी सँगै लगेर आफूलाई एकदमै रोचक लागेको बुँदा एकअर्कालाई बताउनुभए कसो होला? पूरै अधिवेशन सिद्धिएपछि साँझको पारिवारिक उपासनामा परिवारका सबै सदस्यले सिकेका कुराहरू कसरी लागू गर्न सक्छन्‌ भनेर छलफल गर्न समय छुट्‌याउनु बेस हुन्छ। विमोचन भएका नयाँ प्रकाशनहरूको केही अंश पुनरावृत्ति गर्न पनि हरेक हप्ता समय छुट्‌याउनुहोस्‌।

६. के अधिवेशनमा उपस्थित हुनु मात्र पर्याप्त छ? बताउनुहोस्‌।

६ भोजमा टक्राइएको खाना खाएर त्यसलाई पचाउन सकेन भने त्यसको कुनै अर्थ रहँदैन। जिल्ला अधिवेशनमा प्रस्तुत गरिने आध्यात्मिक भोजबारे पनि त्यसै भन्‍न सकिन्छ। एउटा पनि कार्यक्रम नछुटाई ध्यान दिएर सुनेर र सिकेको कुरा लागू गरेर अधिवेशनबाट पूरापूर लाभ उठाऔं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने