प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 जुलाई पृ. २-३
  • ‘मानिसहरूलाई भेला गर’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘मानिसहरूलाई भेला गर’
  • हाम्रो राज्य सेवा—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • सुन्‍नुहोस्‌ र सिक्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१३
  • आध्यात्मिक भोज खाने र आनन्दित हुने अवसर
    हाम्रो राज्य सेवकाई—२००८
  • १९९८ “परमेश्‍वरले चाहनुहुने जीवनशैली” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९८
  • हाम्रो जिल्ला अधिवेशन—सत्यको पक्षमा जोडदार प्रमाण
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१४
km14 जुलाई पृ. २-३

‘मानिसहरूलाई भेला गर’

१. इस्राएलीहरूको भेला अनि अहिले हाम्रो अधिवेशनबीच के-कस्ता समानता छन्‌?

१ मिश्रबाट निस्केको केही समय नबित्दै यहोवाले मोशालाई सीनै पर्वतमा ‘मानिसहरूलाई भेला गर्न’ आज्ञा दिनुभयो। इस्राएलीहरूले परमेश्‍वरको डर मानून्‌ अनि छोराछोरीलाई उहाँको तौरतरिका सिकाऊन्‌ भनेर यस्तो आज्ञा दिइएको थियो। (व्यव. ४:१०-१३) साँच्चै! त्यो समय अविस्मरणीय थियो। त्यस भेलाले इस्राएलीहरूको विश्‍वास पक्कै बलियो बनाएको हुनुपर्छ। त्यसैगरि अबको केही महिनामा यहोवाका सेवकहरू उहाँबाट सिकाइन अधिवेशनमा भेला हुनेछन्‌। अधिवेशनबाट पूरापूर लाभ उठाउन हामीले के गर्नुपर्छ?

२. हामीले अधिवेशनको लागि कस्तो तयारी गर्नुपर्छ?

२ “तयार रहून्‌”: सीनै पर्वतमा हुन लागेको ऐतिहासिक जमघटको लागि यहोवाले इस्राएलीहरूलाई ‘तयार रहन’ आज्ञा दिनुभयो। (प्रस्थ. १९:१०, ११) त्यसरी नै अधिवेशनमा भाग पाउनेहरूले मात्र नभई त्यहाँ उपस्थित हुने हरेकले राम्रो तयारी गर्नु आवश्‍यक छ। जस्तै, थुप्रैले काममा बिदा माग्नुपर्ने हुनसक्छ। तपाईंको अवस्था पनि नहेम्याहसित मिल्छ होला। तिनी आर्टजारसेज राजालाई मद्य टक्राउने काम गर्थे। तिनी यरूशलेम गएर पर्खाल पुनर्निर्माण गर्न चाहन्थे। तर राजाले जाने अनुमति नदिने हो कि जस्तो तिनलाई लागेको थियो। त्यसैले नहेम्याहले प्रार्थना गरे अनि साहसी हुँदै आदरपूर्ण शब्दहरू प्रयोग गरेर राजालाई बिन्ती जाहेर गरे। अचम्मको कुरा, राजाले तिनलाई जाने अनुमति दिनुका साथै निर्माणकार्यको लागि चाहिने सामग्रीहरू पनि जुटाइदिए। (नहे. २:१-९) काममा बिदा माग्नुको अलावा के तपाईंले यात्राको प्रबन्ध अनि बस्ने व्यवस्था मिलाउनुभयो? यदि तपाईंलाई मदत चाहिन्छ भने एल्डरहरू तपाईंलाई मदत गर्न खुसी हुनेछन्‌। बिहान र दिउँसोको कार्यक्रम सुरु हुनुअघि नै उपस्थित हुने लक्ष्य राख्नुहोस्‌ अनि ‘सदाभन्दा बढी ध्यान दिएर’ सुन्‍नुहोस्‌।—हिब्रू २:१.

३. आफ्नो मन तयार पार्न केले मदत गर्नेछ?

३ तयारी गर्नुपर्ने अर्को महत्त्वपूर्ण कुरा हाम्रो मन हो। मन तयार छ भने ध्यान दिएर सुन्‍न र सिक्न सक्छौं। (एज्रा ७:१०) अधिवेशनको कार्यक्रम पर्ची jw.org/ne मा पहिल्यै राखिनेछ। पर्चीमा प्रत्येक भाषणको विषय अनि त्यससित सम्बन्धित एउटा-दुइटा मुख्य शास्त्रपद दिइएको हुनेछ। अधिवेशन सुरु हुनुभन्दा अघिका हप्ताहरूमा यस पर्चीलाई पारिवारिक उपासनाको विषय बनाउनु कत्ति बेस हुनेछ! कसै-कसैले यो पर्ची प्रिन्ट गरेर अधिवेशनमा टिपोट लिन प्रयोग गर्छन्‌।

४. आमाबाबुले अधिवेशनलाई सिकाउने मौकाको रूपमा कसरी प्रयोग गर्न सक्छन्‌?

४ “आफ्ना छोरो-छोरीहरूलाई सिकाऊन्‌”: सीनै पर्वतमा भएको भेलाको एउटा उद्देश्‍य इस्राएली आमाबाबुले “आफ्ना छोरो-छोरीहरूलाई सिकाऊन्‌” भन्‍ने थियो। (व्यव. ४:१०) अधिवेशनले आमाबाबुलाई यस्तै गर्ने मौका दिन्छ। कार्यक्रम अवधिभर आमाबाबुले छोराछोरीलाई आफूसँगै राख्नुपर्छ अनि ध्यान दिएर सुन्‍न मदत गर्नुपर्छ। अधिवेशनबाट सिकेको कुरा बेलुकी परिवारसँगै छलफल गर्न सकिन्छ। अनि पछि पारिवारिक उपासनामा पनि समावेश गर्न सकिन्छ।

५. आउँदै गरेको अधिवेशनबाट हामीले कस्तो फाइदा उठाउनेछौं?

५ सीनै पर्वतको अविस्मरणीय भेलाले इस्राएलीहरूलाई यहोवाको जन हुने विशेष सुअवसरको कदर गर्न मदत गऱ्‍यो। (व्यव. ४:७, ८) हामीले पनि त्यसरी नै लाभ उठाउन सकोस्‌ भनेर यो अधिवेशन तयार पारिएको छ। तीन दिनसम्म हामी सैतानको यस कठोर संसारदेखि पूर्णरूपमा अलग रहनेछौं, परमेश्‍वरको वचनबाट स्फूर्ति पाउनेछौं र भाइबहिनीसितको उत्थानदायी सङ्‌गतिको आनन्द उठाउनेछौं। (यशै.३५:७-९ )यहोवाको दिन नजिकिंदै गएकोले हामीलाई प्रोत्साहनको खाँचो पर्छ। अधिवेशनमा हामी एकअर्कालाई प्रोत्साहन दिने मौका पाउँछौं। त्यसैले वर्षको एक चोटि मात्र पाउने यस्तो सुनौलो मौका गुम्न नदिऔं!—हिब्रू १०:२४, २५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने