कुराकानी थाल्ने उदाहरण
जून महिनाको पहिलो शनिबार बाइबलले सिकाउँछ किताब चलाएर बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्न सक्नुहुन्छ
पृष्ठ ४-५ को चित्र देखाउँदै तपाईं यसो भन्न सक्नुहुन्छ, “संसार साँच्चै नै यस चित्रमा देखाइएझैं राम्रो भयो भने कत्ति रमाइलो हुन्छ नि, होइन र?” अथवा यस्तो प्रश्न सोध्न सक्नुहुन्छ, “तपाईं यी प्रतिज्ञामध्ये कुनचाहिं प्रतिज्ञा पूरा भएको हेर्न चाहनुहुन्छ?” जवाफ ध्यान दिएर सुन्नुहोस्। घरधनीले कुनै एउटा शास्त्रपदमा चासो देखाएमा तिनलाई त्यसबारे बाइबलले के सिकाउँछ भनेर त्यो शास्त्रपद छलफल गरिएको अनुच्छेद किताबबाटै देखाउनुहोस्। बाइबल अध्ययन सञ्चालन गर्दा जसरी छलफल गर्नुहुन्छ, त्यसरी नै छलफल गर्नुहोस्। पहिलो भेटमै पाँचदेखि दसमिनेटभित्र यसो गर्न सकिन्छ।
नोट: जून १ मा हुने क्षेत्र सेवाको सभामा यो प्रस्तुति प्रदर्शन गरेर देखाउनुपर्छ।
प्रहरीधरहरा अप्रिल-जून
“आज थुप्रै आमाबाबुहरू आफ्नो छोराछोरी बिरामी वा असक्त भएकोले चिन्तित छन्। त्यस्ता आमाबाबुहरूले थुप्रै चुनौतीहरूको सामना गर्नुपर्छ। यस पत्रिकामा तिनीहरूले सामना गर्नुपर्ने तीनवटा चुनौतीबारे र हामीले तिनीहरूलाई मदत गर्न सक्ने तरिकाबारे बताइएको छ। पृष्ठ १० देखि सुरु हुने यस लेखमा जवान तथा वृद्ध सबैलाई पिरोल्ने रोगबिमार तथा असक्तपन एकदिन पूर्णरूपमा हटाइनेछ भनेर पनि बताइएको छ।” प्रकाश २१:३, ४ पढ्नुहोस्। पत्रिका दिनुहोस् र सबै किसिमको रोगबिमार नामेट पार्नुहुने परमेश्वरबारे फेरि भेटेर छलफल गर्न प्रबन्ध मिलाउनुहोस्।
ब्यूँझनुहोस्! अप्रिल-जून
“आज अश्लील कुराहरू छ्यासछ्यासती पाइन थालेकोले थुप्रै मानिस चिन्तित छन्। के तपाईंलाई यो चिन्ताको विषय हो जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्] बाइबलमा पाइने व्यावहारिक सल्लाहले हामीलाई जोगाउन सक्छ। [एफिसी ५:३, ४ पढ्नुहोस्] चालै नपाई पासोमा पार्न सक्ने यस्तो खतराबाट हामी कसरी जोगिन सक्छौं भनेर यस पत्रिकामा बताइएको छ।”