कुराकानी थाल्ने उदाहरण
जून महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्न सक्नुहुन्छ
“हामीमध्ये धेरैजसोको आ-आफ्नै धर्म छ। तर हामीले भगवान्लाई जुनसुकै तरिकामा उपासना गरे तापनि के उहाँले हाम्रो उपासना स्वीकार्नुहुन्छ होला? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि यूहन्ना ४:२३, २४ पढ्नुहोस्] साँचो धर्म चिन्न मदत गर्ने केही विशेषता यस लेखमा छलफल गरिएको छ।” घरधनीलाई अप्रिल-जून अङ्कको प्रहरीधरहरा देखाउँदै पृष्ठ १६ को पहिलो उपशीर्षक छलफल गर्नुहोस्। पत्रिका दिनुहोस् र फेरि भेटेर अर्को प्रश्नको जवाफ छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्।
प्रहरीधरहरा अप्रिल-जून
पत्रिकाको मूल विषय देखाउँदै घरधनीलाई यस्तो प्रश्न सोध्नुहोस्, “तपाईंलाई यस प्रश्नको जवाफ के होला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्] प्राकृतिक प्रकोपले गर्दा हुने क्षतिको लागि भगवान् किन दोषी हुनुहुन्न, त्यसबारे यस पत्रिकाले बताएको छ। चाँडै यस पृथ्वीबाट प्राकृतिक प्रकोप हटाइनेछ भनेर बाइबलमा गरिएको प्रतिज्ञाबारे पनि यस पत्रिकाले बताएको छ। [यशैया ६५:२१ पढ्नुहोस्] प्राकृतिक प्रकोप कहिल्यै नहुने भएकोले मानिसहरूले कुनै डरबिना घर बनाउन सक्नेछन्। अब चाँडै त्यस्तो समय आउँदै छ।” पृष्ठ ८ मा भएको लेखबारे बताउनुहोस्।