कुराकानी थाल्ने उदाहरण
अक्टोबर महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्न सक्नुहुन्छ
“मानिसहरू कुनै न कुनै समय प्रार्थना गर्छन्। नास्तिकहरूले समेत समस्या आइपर्दा प्रार्थना गर्छन्। तपाईंलाई भगवान्ले सबै प्रार्थना सुन्नुहुन्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्] भगवान्ले प्रार्थना सुनेको चाहन्छौं भने के गर्नुपर्छ भन्नेबारे धर्मशास्त्र के भन्छ तपाईं जान्न चाहनुहुन्छ?” घरधनीले चासो देखाएमा अक्टोबर–डिसेम्बर महिनाको प्रहरीधरहरा पत्रिकाको अन्तिम पाना देखाउनुहोस् र सँगै दोस्रो प्रश्नअन्तर्गत दिइएको विषयवस्तु र कम्तीमा एउटा बाइबल पद छलफल गर्नुहोस्। पत्रिका दिनुहोस् र अर्को चोटि अर्को प्रश्न छलफल गर्न प्रबन्ध मिलाउनुहोस्।
प्रहरीधरहरा अक्टोबर-डिसेम्बर
“भगवान्ले किन यतिबिघ्न दुःखकष्ट रहन दिनुभएको भन्नेबारे मानिसहरूले सोच्ने गरेको हामीले पायौं। के तपाईंको मनमा पनि कहिल्यै यस्तो प्रश्न आएको छ? [जवाफ दिने मौका दिनुहोस्] शोक, पीडा केही नहुने समयबारे सृष्टिकर्ताले गर्नुभएको रोचक प्रतिज्ञाबारे म तपाईंलाई देखाऊँ? [घरधनीले चासो देखाएमा प्रकाश २१:४ पढ्नुहोस्] यस पत्रिकामा यतिबिघ्न समस्या हुनुको पाँच मुख्य कारण बताइएको छ। साथै भगवान्ले कसरी दुःखकष्टको अन्त गर्नुहुन्छ भनेर पनि यसमा बताइएको छ।”
ब्यूँझनुहोस्! अक्टोबर-डिसेम्बर
“आज हामी तपाईंको टोलछिमेकमा मानिसहरूलाई पिरोलिरहेको एउटा समस्या, अन्यायबारे कुरा गर्दैछौं। कोही-कोही मानिसहरू यसको विरोधमा सडकमा उत्रिन्छन्। आन्दोलनकारीहरू परिवर्तन ल्याउन सफल हुन्छन् जस्तो के तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्] पृथ्वीमा साँचो परिवर्तन कसरी आउँछ भन्नेबारे बाइबल के भन्छ, हेर्नुहोस् त। [मत्ती ६:९, १० पढ्नुहोस्] के विरोध नै समस्याको समाधान हो भन्ने प्रश्नको जवाफ यस पत्रिकाले दिन्छ।”