प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 सेप्टेम्बर p. १
  • भविष्यवक्‍ताहरूलाई नमुनाको रूपमा लिनुहोस्‌—आमोस

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भविष्यवक्‍ताहरूलाई नमुनाको रूपमा लिनुहोस्‌—आमोस
  • हाम्रो राज्य सेवा—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • साहसी भई परमेश्‍वरको वचन बोल्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • दुष्ट विरुद्ध यहोवाको न्याय आउनेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • योएल र आमोसको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • हृदय जाँच्नुहुने यहोवालाई खोज्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१३
km13 सेप्टेम्बर p. १

भविष्यवक्‍ताहरूलाई नमुनाको रूपमा लिनुहोस्‌​—आमोस

१. आमोसको उदाहरण हाम्रो लागि किन प्रोत्साहनको स्रोत हुन सक्छ?

१ “म जस्तो साधारण र अनपढ मान्छेले पनि प्रचार गर्न सक्छु होला र” भन्‍ने जस्तो भावना तपाईंको मनमा कहिल्यै आउँछ? आउँछ भने तपाईंले आमोसको उदाहरणबाट प्रोत्साहन पाउन सक्नुहुन्छ। तिनी गोठालो थिए र खेतबारीमा मौसमी काम गर्थे। तर एउटा महत्त्वपूर्ण सन्देश घोषणा गर्न यहोवाले तिनलाई चलाउनुभयो। (आमो. १:१; ७:१४, १५) त्यसैगरि आज हाम्रो दिनमा पनि यहोवा साधारण र नम्र मानिसहरू चलाउनुहुन्छ। (१ कोरि. १:२७-२९) भविष्यवक्‍ता आमोसबाट प्रचारको सन्दर्भमा अरू कस्तो पाठ सिक्न सक्छौं?

२. प्रचारकार्यमा विरोधको सामना गर्नुपर्दा हामी किन दृढ रहन सक्छौं?

२ विरोधको बेला दृढ रहनुहोस्‌: इस्राएलको दस कुलको उत्तरी राज्यमा बाछो उपासना गर्ने पुजारी अमस्याहले आमोसको भविष्यवाणी सुनेपछि यस्तो आशय लाग्ने कुरा गरे: ‘यहाँबाट गइहाल्‌! हाम्रो आफ्नै धर्म छ!’ (आमो. ७:१२, १३) आमोसको काममा रोक लगाउने हेतुले अमस्याहले राजा यारोबामकहाँ अपिल गर्दा तिनले आमोसको कुरा बङ्‌ग्याएर बताए। (आमो. ७:७-११) तर आमोस डराएनन्‌। आज पनि केही पादरीहरूले यहोवाका जनहरूलाई दुःख दिन राजनीतिको आड लिन्छन्‌। तर हाम्रो विरुद्ध उठाइने जुनसुकै हतियार बेकामको हुनेछ भनेर यहोवा आश्‍वासन दिनुहुन्छ।—यशै. ५४:१७.

३. आज हामीले घोषणा गर्ने सन्देशको दुई पक्ष के-के हुन्‌?

३ परमेश्‍वरको न्याय र भावी आशिष्‌बारे घोषणा गर्नुहोस्‌: आफ्नै नाममा भएको बाइबल किताबमा आमोसले इस्राएलको दस कुलले पाउने न्यायबारे भविष्यवाणी गरे तापनि तिनले अन्तिम अध्यायमा यहोवाले गर्नुहुने पुनर्स्थापना र उहाँले दिनुहुने प्रशस्त आशिष्‌बारे पनि बताए। (आमो. ९:१३-१५) अहिले पनि हामी आउँदै गरेको ‘न्यायको दिनबारे’ बताउँछौं तर त्यो त हामीले घोषणा गर्ने ‘राज्यको सुसमाचारको’ एउटा भाग मात्र हो। (२ पत्रु. ३:७; मत्ती २४:१४) आरमागेडोनमा यहोवाले दुष्टहरू सबैको नाश गर्नुभएपछि प्रमोदवनको लागि बाटो खुल्नेछ।—भज. ३७:३४.

४. हामीले यहोवाको इच्छा पूरा गर्न सक्छौं भन्‍ने कुरामा किन ढुक्क हुन सक्छौं?

४ विरोधीहरूले भरिएको यस संसारमा राज्य सन्देश प्रचार गर्दा यहोवाप्रतिको हाम्रो समर्पणको र उहाँको इच्छाअनुसार गर्ने हाम्रो अठोटको जाँच हुन्छ। (यूह. १५:१९) तर यहोवाले आमोसलाई जस्तै हामीलाई उहाँको इच्छा पूरा गर्न चाहिने बल दिनुहुन्छ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं।—२ कोरि. ३:५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने