कुराकानी थाल्ने उदाहरण
जनवरी महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्न सक्नुहुन्छ
“परमेश्वरबारे मानिसहरूको आ-आफ्नै धारणा छ। कोही-कोही उहाँलाई बुझ्नै नसकिने शक्तिको रूपमा हेर्छन्। अरू भने उहाँ स्वर्गमा बस्नुहुने मायालु बुबा हो भन्छन्। तपाईंलाई चाहिं परमेश्वर कस्तो हुनुहुन्छ जस्तो लाग्छ?” जवाफ दिने मौका दिनुहोस्। जनवरी १, प्रहरीधरहरा-को अन्तिम पाना देखाउनुहोस् र सँगै पहिलो प्रश्नअन्तर्गत भएको विषयवस्तु छलफल गर्नुहोस् र कम्तीमा पनि एउटा शास्त्रपद पढ्नुहोस्। पत्रिकाहरू दिनुहोस् र अर्को चोटि दोस्रो प्रश्न छलफल गर्न प्रबन्ध मिलाउनुहोस्।
प्रहरीधरहरा जनवरी १
“सबैलाई असर गर्ने एउटा विषयमा हामी छोटो कुराकानी गर्दैछौं। त्यो हो, आफ्नो प्रियजनको मृत्यु। आफ्नो प्यारो साथी वा आफन्त गुमाउँदाको चोट असह्य हुन्छ नि, होइन र? [जवाफ दिने मौका दिनुहोस्] थुप्रैले यो बाइबल पदबाट सान्त्वना पाएका छन्। [यशैया २५:८ पढ्नुहोस्] मृत्युलाई नामेट पारिने र हाम्रा प्रिय जनहरू फेरि जीवित हुनेबारे बाइबलमा गरिएको प्रतिज्ञाको विषयमा यस पत्रिकामा बताइएको छ।”
ब्यूँझनुहोस्! जनवरी-मार्च
“तपाईंलाई कस्तो लाग्छ? हामी सम्पन्न छैनौं भने पनि सन्तुष्ट हुन सक्छौं? [जवाफ दिने मौका दिनुहोस्] बाइबलले यस विषयमा के भन्छ, हेरौं न। [१ तिमोथी ६:८ पढ्नुहोस्] यस पत्रिकाले भौतिक धनसम्पत्तिप्रति सन्तुलित दृष्टिकोण राख्न मदत गर्छ र पैसाले किन्न नसक्ने तीन कुराबारे बताउँछ।”