कुराकानी थाल्ने उदाहरण
मे महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्न सक्नुहुन्छ
“प्रेरित १७:२६, २७ पढ्नुहोस्। यहाँ लेखिएझैं सर्वोच्च परमेश्वरसित नजिक हुन सम्भव छ जस्तो तपाईंलाई लाग्छ?” [जवाफ दिने मौका दिनुहोस् ] त्यसपछि बाइबलले सिकाउँछ किताबको अध्याय १ को मुख्य बुँदा देखाउनुहोस्।
प्रहरीधरहरा अप्रिल-जून
“बुबाआमा दुवै भएको परिवारलाई भन्दा एक्लो बुबा वा एक्ली आमा भएको परिवारलाई गाह्रो हुन्छ भनेर तपाईं पनि महसुस गर्नुहुन्छ नि, होइन र? [जवाफ दिने मौका दिनुहोस्] परमेश्वर हामीलाई यस्ता समस्या भोगिरहेका आमा वा बुबाप्रति विचारशील हुनुपर्छ भन्नुहुन्छ। म बाइबलबाट पढेर सुनाऊँ कि? [घरधनीले हुन्छ भनेमा भजन ४१:१ पढ्नुहोस् ] यस लेखले [पृष्ठ ३०] एक्लो बुबा वा एक्ली आमाप्रति हामी कसरी विचारशील हुन सक्छौं, त्यसबारे बताएको छ।”