कुराकानी थाल्ने उदाहरण
जनवरी महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्न सक्नुहुन्छ
“थुप्रै मानिसहरू पृथ्वीको अवस्था राम्रो होस् भन्ने आशा गर्छन्। तपाईंको विचारमा यस्तो राम्रो अवस्था आउन सम्भव छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस् ] यस प्रश्नको जवाफ म तपाईंलाई बाइबलबाट देखाऊँ?” घरधनीले हुन्छ भनेमा दानियल २:४४ पढेर सुनाउनुहोस्। त्यसपछि जनवरी-मार्च अङ्कको प्रहरीधरहरा घरधनीलाई देखाउँदै पृष्ठ १२ को पहिलो उपशीर्षकबाट छलफल गर्नुहोस्। पत्रिका दिनुहोस् र फेरि भेटेर बाँकी प्रश्नबारे छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्।
प्रहरीधरहरा जनवरी-मार्च
“आज हामीमध्ये थुप्रैले हात-मुख जोड्न सङ्घर्ष गर्नुपर्छ। अझ कतिपय मानिसहरूसित त जीवन धान्न नभई नहुने कुराहरूसमेत छैन। तपाईंको विचारमा गरिबी भन्ने कुरै नभएको समय कहिल्यै आउला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। घरधनीले चासो देखाएमा भजन ९:१८ पढेर सुनाउनुहोस् ] यस पत्रिकामा गरिबीको कारण र यस समस्याको साँचो समाधानबारे परमेश्वरको वचनले के भन्छ, त्यसबारे चर्चा गरिएको छ।”