प्रचारकार्यमा अझै उन्नति गर्ने—मदतकारी साथी बन्नुहोस्
यसो गर्नु किन महत्त्वपूर्ण छ? साथीसित प्रचारकार्यमा जानुको महत्त्व येशूलाई थाह थियो। त्यसैले आफ्ना ७० जना चेलालाई प्रचारकार्यमा दुई-दुई जना गरी पठाउनुभयो। (लूका १०:१) मदतकारी साथीले प्रचारकार्यमा आफ्नो साथी अप्ठ्यारोमा पर्दा वा घरधनीलाई कसरी जवाफ दिने भनेर अलमलमा पर्दा आवश्यक मदत गर्छ। (उप. ४:९, १०) उसले आफ्नो अनुभव बताएर अनि कहिलेकाहीं सल्लाह-सुझाव दिएर साथीलाई राम्रो प्रचारक बन्न मदत गर्छ। (हितो. २७:१७) अनि प्रचारकार्यमा उत्थानदायी कुराकानी गरेर प्रोत्साहन पनि दिन्छ।—फिलि. ४:८.
यो महिना यसो गरे कसो होला:
प्रचारकार्य सकेपछि साथीले भनेको वा गरेको कुनचाहिं कुराले तपाईंलाई मदत पुग्यो, तिनलाई बताउनुहोस्।