घर-घरको प्रचारकार्यमा राम्रो सहयोगी हुनुहोस्
१. प्रचारकार्यमा साथीसँगै काम गर्दा कस्तो फाइदा हुन्छ?
१ एक अवसरमा येशूले ७० जना चेलाहरूलाई प्रचार गर्न पठाउनुभयो र उहाँले “तिनीहरूलाई दुई-दुई गरी” पठाउनुभयो। (लूका १०:१) यसमा कुनै शंका छैन, यस प्रबन्धले उहाँका चेलाहरूलाई प्रचार गर्दा एक-अर्कालाई मदत गर्न र प्रोत्साहन दिन सम्भव तुल्यायो। प्रचारकार्यमा अर्को प्रकाशकसँगै जाँदा हामी कसरी मदतकारी हुन सक्छौं?
२. साथीले प्रस्तुति प्रस्तुत गरिरहेको बेला हामीले कसरी सुन्नुपर्छ र किन?
२ सुनेर: साथीले प्रस्तुति प्रस्तुत गरिरहेको बेला ध्यान दिएर सुन्नुहोस्। (याकू. १:१९) बाइबल पद पढियो भने तपाईं पनि आफ्नो बाइबलमा हेर्नुहोस्। बोलिरहेको व्यक्तिलाई हेर्नुहोस्, चाहे उनी तपाईंको साथी होऊन् या घरधनी। यदि तपाईंले वार्तालापलाई ध्यान दिएर सुन्नुभयो भने घरधनीलाई पनि त्यस्तै गर्न प्रोत्साहन मिल्न सक्छ।
३. हाम्रो साथीले कुनबेला हामी बोलिदिएको चाहन सक्छन्?
३ कहिले बोल्ने भनी बुद्धि चलाएर: आफूसँग गएको प्रकाशकले प्रचार गरिरहेको बेला उनलाई नै अगुवाइ गर्न दिएर हामी उनीप्रति मर्यादा देखाउँछौं। (रोमी १२:१०, NW) बीचैमा कुरा काट्नदेखि हामी जोगिनुपर्छ। यदि उनले आफूले भन्न चाहेको कुरा बिर्से वा घरधनीले कुनै अड्चन वा प्रश्न खडा गरे अनि आफ्नो साथीले मदतको लागि अनुरोध गरे भने नयाँ विषयमा कुराकानी थाल्नुको सट्टा हामी उक्त साथीको कुरालाई नै अघि बढाउने प्रयास गर्छौं। (हितो. १६:२३; उप. ३:१, ७) यदि हामी बोल्छौं भने हाम्रो बोलीले, दिंदै गरेको साक्षीलाई टेवा पुऱ्याउनुपर्छ।—१ कोरि. १४:८.
४. के गरेमा हामी प्रचारकार्यबाट आनन्द र सफलता प्राप्त गर्न सक्नेछौं?
४ जब पैंतीस जोडी चेलाहरूले प्रचारकार्य सिध्याए, तब तिनीहरू “आनन्दसाथ फर्के।” (लूका १०:१७) सँगै घर-घरको प्रचारकार्यमा भाग लिएकाहरूलाई सहयोग गर्दा सुनेर र कहिले बोल्ने भनी बुद्धि चलाएर हामी पनि प्रचारकार्यबाट आनन्द र सफलता प्राप्त गर्न सक्छौं।