प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 सेप्टेम्बर p. ३
  • प्रचारमा हाम्रो वेब साइट प्रयोग गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रचारमा हाम्रो वेब साइट प्रयोग गर्नुहोस्‌
  • हाम्रो राज्य सेवा—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो आधिकारिक वेब साइट—प्रयोग गर्न सजिलो नयाँ डिजाइन
    हाम्रो राज्य सेवा—२०१२
  • प्रचारमा हाम्रो वेबसाइट चलाउनुहोस्‌—“अक्सर सोधिने प्रश्‍नहरू”
    हाम्रो राज्य सेवा—२०१४
  • जीवनसित सम्बन्धित महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ केले दिन्छ?
    जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ कहाँ पाइन्छ?
  • मदत उपलब्ध छ
    ब्यूँझनुहोस्‌!—२०२०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१४
km14 सेप्टेम्बर p. ३

प्रचारमा हाम्रो वेब साइट प्रयोग गर्नुहोस्‌

हाम्रो वेब साइट jw.org “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” सुसमाचार फैलाउने एउटा महत्त्वपूर्ण माध्यम भएको छ। (प्रेषित १:८) धेरैजसो घरधनीले हाम्रो वेब साइट आफै पत्ता लगाउन सक्दैनन्‌। प्रकाशकले देखाएपछि मात्र तिनीहरूले यो वेब साइटको विषयमा थाह पाउँछन्‌।

एक जना परिभ्रमण निरीक्षकले बाइबल किन पढ्‌नुपर्छ? भन्‍ने भिडियो आफ्नो मोबाइलमा डाउनलोड गरेका छन्‌। मौका पाउने बित्तिकै तिनी मानिसहरूलाई यो भिडियो देखाउने गर्छन्‌। उदाहरणका लागि, घर-घरको प्रचारमा जाँदा तिनी यसो भन्‍ने गर्छन्‌: “म मानिसहरूलाई यी तीनवटा महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ भेट्टाउन मदत गर्दै छु: संसारमा किन यत्ति धेरै समस्याहरू छन्‌? परमेश्‍वरले सबै समस्याहरूको समाधान कसरी गर्नुहुन्छ? र अहिले हामी यी समस्याहरूको सामना कसरी गर्न सक्छौं? यो छोटो भिडियोमा यी प्रश्‍नहरूबारे केही कुरा बताइएको छ।” घरधनीलाई उक्‍त भिडियो हेर्न मन छ कि छैन भनेर नसोधी तिनी सीधै भिडियो देखाउन सुरु गर्छन्‌ र घरधनीले कस्तो प्रतिक्रिया देखाउँछन्‌ भनी हेर्छन्‌। त्यो भिडियो निकै आकर्षक भएकोले प्रायः घरधनीहरू भिडियो नसिद्धिउन्जेल आँखा पनि झिमिक्क नगरी हेरिरहन्छन्‌। त्यसपछि ती परिभ्रमण निरीक्षक यसो भन्छन्‌: “तपाईंले भिडियोमा बाइबल अध्ययनको लागि अनुरोध गर्न सक्नुहुन्छ भनेर बताएको भर्खरै सुन्‍नुभयो। बाइबल अध्ययन कसरी गरिन्छ भनेर म तपाईंलाई अहिले नै देखाऊँ?” घरधनी राजी भएमा तिनी सुसमाचार पुस्तिकाबाट अध्ययन कसरी सञ्चालन हुन्छ भनेर देखाउँछन्‌। तर घरधनीसित समय छैन भने तिनी अर्को पटक त्यसो गर्ने प्रबन्ध मिलाउँछन्‌। तिनी होटेलमा नास्ता गर्न जाँदा पनि सँगै बसेको व्यक्‍तिसित कुराकानी गर्न थाल्छन्‌ र घरघरको प्रचारमा जस्तै केही कुरा भनेर भिडियो देखाउँछन्‌। के तपाईं पनि प्रचारकार्यमा हाम्रो वेब साइट प्रयोग गर्दै हुनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने