कुराकानी थाल्ने उदाहरण
अप्रिल महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्न सक्नुहुन्छ
“संसारमा व्याप्त दुष्टताको पछाडि सैतानको हात छ भन्ने धेरै मानिसलाई लाग्छ। तर तिनीहरूलाई यस्तो लाग्न सक्छ: सैतानचाहिं कहाँबाट आयो त? के परमेश्वरले नै त्यसलाई बनाउनुभयो? तपाईंलाई कस्तो लाग्छ नि? [जवाफ दिने मौका दिनुहोस्] यहाँ के लेखिएको छ, हेर्नुहोस्।” अप्रिल-जून अङ्कको प्रहरीधरहरा-को अन्तिम पाना देखाउनुहोस् अनि पहिलो अनुच्छेद र उद्धरण गरिएको पद छलफल गर्नुहोस्। पत्रिका दिनुहोस् र फेरि भेटेर अर्को प्रश्नको जवाफ छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्।
प्रहरीधरहरा अप्रिल-जून
“ख्रीष्टियनहरूले, यहूदीहरूले अनि मुस्लिमहरूले एकदमै आदर गर्ने एक जना व्यक्तिबारे हामी कुरा गर्दैछौं। तिनको नाम मोशा हो। के तपाईंले कहिल्यै तिनीबारे सुन्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्] बाइबलले मोशाबारे के बताउँछ, यहाँ हेर्नुहोस् त। [व्यवस्था ३४:१० पढ्नुहोस्] तिनी परमेश्वरसित कसरी नजिक हुन सके भन्ने कुरा तपाईंलाई रोचक लाग्नेछ होला। यस पत्रिकाले तिनको तीनवटा असल गुणबारे र हामी तिनको कसरी अनुकरण गर्न सक्छौं भनी बताउँछ।”
ब्यूँझनुहोस्! अप्रिल-जून
“अहिले परिवारहरू हुर्काउन एकदमै गाह्रो छ भन्ने कुरामा के तपाईं सहमत हुनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्] थुप्रै आमाबाबुले बाइबलमा राम्रो सल्लाह पाएका छन्। उदाहरणको लागि बुबाहरूले आफ्ना छोराछोरीको प्रशंसा गर्ने मौका खोज्न र तिनीहरूको आत्म-विश्वास बढाउन यो पदबाट मदत पाएका छन्। [कलस्सी ३:२१ पढ्नुहोस्] यो लेखमा बुबाहरूलाई मदत गर्ने पाँच वटा सिद्धान्तबारे बताइएको छ।”