प्रचारकार्यमा अझै उन्नति गर्ने—परमेश्वरबाट आएको सुसमाचार! पुस्तिका प्रयोग गरेर ढोकैमा बाइबल अध्ययन सुरु गर्नुहोस्
यसो गर्नु किन महत्त्वपूर्ण छ? चेला बनाउन हामीले परमेश्वरको वचन अरूलाई सिकाउनुपर्छ। (मत्ती २८:१९, २०) हामीसित भएको पुस्तिका प्रयोग गरेर प्रभावकारी तरिकामा अरूलाई सिकाउन सक्छौं। परमेश्वरबाट आएको सुसमाचार! पुस्तिका विशेषगरि अरूलाई सत्य सिकाउन तयार पारिएको हो। पहिलो भेटमा घरधनीसित ढोकैमा बाइबल अध्ययन सुरु गर्न यो पुस्तिका प्रयोग गर्न सक्छौं।
यो महिना यसो गरे कसो होला?
बाइबल अध्ययन सञ्चालन गर्ने इच्छा जगाइदिनुहोस् भनेर प्रार्थना गर्नुहोस्। साथै बाइबल अध्ययन सुरु गर्न अनि सत्यको प्रभावकारी शिक्षक बन्न यहोवासित मदत माग्नुहोस्।—फिलि. २:१३.
तल दिइएको प्रस्तुति मनमा ठप्प राख्न पारिवारिक उपासनाको बेला वा व्यक्तिगत अध्ययनको बेला अभ्यास गर्न समय निकाल्नुहोस्। त्यसपछि तपाईं ढुक्कसित कुराकानी गर्न र ढोकैमा बाइबल अध्ययन सुरु गर्न सक्नुहुन्छ।