प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 अक्टोबर पृ. २
  • बाइबल विद्यार्थीको मनसम्म कसरी पुग्न सक्छौं?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल विद्यार्थीको मनसम्म कसरी पुग्न सक्छौं?
  • हाम्रो राज्य सेवा—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • मनको गहिराइसम्म पुग्ने प्रयास गर्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • सिकाउने क्षमता विकास गर्ने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • चासो देखाउनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • ‘हृदयबाटै आज्ञाकारी हुन’ मदत गरौं
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१५
km15 अक्टोबर पृ. २

बाइबल विद्यार्थीको मनसम्म कसरी पुग्न सक्छौं?

१. येशू ख्रीष्ट श्रोताको मनसम्म पुग्नुभयो भनेर हामी कसरी भन्‍न सक्छौं?

१ येशू ख्रीष्ट श्रोताको मनसम्म पुग्नुभयो। एक पटकको कुरा हो, चेलाहरूलाई धर्मशास्त्रको अर्थ स्पष्टसित खोलिदिनुहुँदा तिनीहरूको मनमा “छटपटी” भयो। (लूका २४:३२) यहोवाको आज्ञा पालन गर्ने इच्छा मनैदेखि आउनुपर्छ। त्यसैले बाइबल विद्यार्थीहरू आफ्नो जीवन परिवर्तन गर्न उत्प्रेरित होऊन्‌ भनेर उनीहरूको मनसम्म पुग्ने गरी सिकाउनुपर्छ। तर हामी कसरी त्यसो गर्न सक्छौं?—रोमी ६:१७.

२. कौशल र विवेकी हुँदा कसरी मानिसको मनसम्म पुग्न सक्छौं?

२ कौशल र विवेकी हुनुहोस्‌: के सही र के गलत भनेर बताउँदैमा मानिसहरू कदम चाल्न उत्प्रेरित हुन्छन्‌ भन्‍ने छैन। यति मात्र होइन, तीनथुप्रो शास्त्रपद बर्साएर तिनीहरूको धार्मिक विश्‍वास गलत हो भनेर प्रमाणित गर्न खोज्दा बाइबल सत्य सुन्‍नबाट तिनीहरूलाई झनै टाढा बनाइरहेका हुन्छौं। कुनै व्यक्‍तिलाई मदत गर्न तिनी के विश्‍वास गर्छन्‌ र किन त्यस्तो विश्‍वास गर्छन्‌ भन्‍ने कुरा थाह पाउनुपर्छ। मनको कुरा निकाल्ने खालका प्रश्‍नहरू कौशल भएर सोध्दा तिनले आफ्नो विचार पोख्न सक्छन्‌। (हितो. २०:५) त्यसपछि मात्र हामीले परमेश्‍वरको वचनबाट मन छुने खालको जानकारी देखाउन सक्छौं। त्यसैले हामीले व्यक्‍तिगत चासो देखाउनुपर्छ र धैर्य गर्नुपर्छ। (हितो. २५:१५) सबैले एउटै गतिमा आध्यात्मिक उन्‍नति गर्दैनन्‌। तिनीहरूको सोचाइ र काममा यहोवाको पवित्र शक्‍तिलाई भूमिका खेल्न समय दिनुहोस्‌।—मर्कू. ४:२६-२९.

३. बाइबल विद्यार्थीलाई असल गुण विकास गर्न कसरी मदत गर्न सक्छौं?

३ असल गुणहरू विकास गर्न मदत गर्नुहोस्‌: यहोवाले भलाइ र माया देखाउनुभएको बाइबल विवरणहरू प्रयोग गरेर विद्यार्थीलाई असल गुणहरू विकास गर्न सिकाउन सक्छौं। भजन १३९:१-४ वा लूका १२:६, ७ जस्ता शास्त्रपदहरूबाट यहोवा हामी हरेकमा कत्ति धेरै चासो राख्नुहुन्छ भन्‍ने कुरा बुझाउन सक्छौं। कुनै व्यक्‍ति मनैदेखि यहोवाको असीम अनुग्रहप्रति आभारी हुन्छन्‌ भने यहोवाप्रति तिनको माया र उहाँको उपासना गर्ने चाहना बढ्‌दै जानेछ। (रोमी ५:६-८; १ यूह. ४:१९) आफ्नो आचरणले यहोवालाई असर गर्छ भन्‍ने कुरा थाह पाएपछि तिनी उहाँलाई खुसी पार्न र उहाँको आदर हुने तरिकामा चल्न उत्प्रेरित हुनेछन्‌।—भज. ७८:४०, ४१; हितो. २३:१५.

४. बाइबल विद्यार्थीलाई सिकाउँदा निर्णय गर्ने तिनको स्वतन्त्रताको कदर गरेको कसरी देखाउन सक्छौं?

४ यहोवा मानिसहरूलाई उहाँको आज्ञा पालन गर्न कहिल्यै कर गर्नुहुन्‍न। तर उहाँको आज्ञा पालन गर्नु बुद्धिमानी हो भनेर बुझ्नचाहिं आग्रह गर्नुहुन्छ। (यशै. ४८:१७, १८) बाइबल विद्यार्थीहरूलाई आफैले निर्णय गर्न सक्ने तरिकामा सिकायौं भने यहोवाको अनुकरण गरिरहेका हुन्छौं। तिनीहरू आफै उत्प्रेरित भएर जीवनमा केही परिवर्तन गर्छन्‌ भने त्यसको नतिजा राम्रो हुन्छ। (रोमी १२:२) साथै तिनीहरू “मन जाँच गर्ने” यहोवा परमेश्‍वरको अझ नजिक हुनेछन्‌।—हितो. १७:३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने