प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जून पृ. ८
  • प्रचारकार्यमा रमाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रचारकार्यमा रमाउनुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • अहिले कसले सुसमाचार सुनाइरहेका छन्‌?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • “जसले कल्याणको शुभ समाचार ल्याउँछ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • “आनन्दसाथ परमप्रभुको सेवा गर”
    हाम्रो राज्य सेवकाई—२००३
  • आनन्द परमेश्‍वरबाट पाइने गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जून पृ. ८

ख्रीष्टियन जीवन

प्रचारकार्यमा रमाउनुहोस्‌

प्रचार गर्न तपाईंलाई कहिलेकाहीं गाह्रो लागेको छ कि? सायद इलाकाका मानिसहरूले चासो नदिएकोले, बारम्बार विरोधको सामना गर्नुपरेकोले अथवा नौलो मानिसहरूसित कुरा गर्न अप्ठ्यारो लागेकोले हामीमध्ये धेरैलाई प्रचार गर्न गाह्रो लाग्न सक्छ। यस्ता कुराहरूले आनन्द समेत गुम्न सक्छ। तर यहोवा आनन्दित परमेश्‍वर हुनुहुन्छ र उहाँको उपासना गर्दा हामी रमाएको चाहनुहुन्छ। (भज १००:२; १ति १:११) त्यसोभए आउनुहोस्‌, प्रचारकार्यमा रमाउनुपर्ने तीन वटा कारणहरू विचार गरौं।

पहिलो कारण, हामी मानिसहरूलाई आशाको सन्देश सुनाउँछौं। दिनप्रतिदिन निराशाले छोप्दै गएको यस संसारमा “कल्याणको शुभसमाचार” सुनाएर मानिसहरूलाई आनन्दित हुन मदत गर्छौं। (यशै ५२:७) प्रचार जानु अघि परमेश्‍वरको राज्यले ल्याउने आशिष्‌हरूबारे मनन गऱ्‍यौं भने हामी रमाउन सक्छौं।

दोस्रो कारण, हामीले प्रचार गर्ने सन्देशले मानिसहरूलाई आध्यात्मिक र शारीरिक लाभ पुऱ्‍याउँछ। यहोवाको ज्ञान सिकेर तिनीहरूले खराब आनीबानी त्याग्छन्‌ र सधैंभरि बाँच्ने आशा राख्छन्‌। (यशै ४८:१७, १८; रोमी १:१६) प्रचारकार्यलाई ‘खोज तथा उद्धार कार्य’-सित तुलना गर्न सकिन्छ। उद्धार गर्न खोज्दा कसै-कसैले इन्कार गर्लान्‌ तैपनि हामी हरेस नखाई बाँच्न इच्छुकहरूलाई खोजिरहन्छौं।—मत्ती १०:११-१४.

तेस्रो अनि महत्त्वपूर्ण कारण, प्रचारकार्यले यहोवाको महिमा गर्छ। उहाँले प्रचारकार्यको गहिरो कदर गर्नुहुन्छ। (यशै ४३:१०; हिब्रू ६:१०) साथै, उहाँले हामीलाई यो काम पूरा गर्न पवित्र शक्‍ति दिनुहुन्छ। त्यसैले पवित्र शक्‍तिको फलको एउटा पक्ष आनन्द पाउन तोकेरै यहोवालाई प्रार्थना गर्नुहोस्‌। (गला ५:२२) परमेश्‍वरको मदतले हामी चिन्ताको सामना गर्न सक्नेछौं अनि निडर भई प्रचार गर्न सक्नेछौं। (प्रे ४:३१) अनि इलाकाका मानिसहरूले जस्तोसुकै प्रतिक्रिया देखाए पनि हामी प्रचारकार्यमा रमाउन सक्नेछौं।—इज ३:३.

प्रचारकार्यमा भाग लिंदा देखिएको दुई फरक मनोभाव—निराशा र आनन्द

प्रचारमा भाग लिंदा तपाईं कस्तो मनोभाव देखाउन चाहनुहुन्छ? तपाईं कसरी आनन्दित हुन सक्नुहुन्छ?

अध्ययन र मननद्वारा पुनः आनन्द प्राप्त गर्नुहोस्‌ भन्‍ने भिडियो हेर्नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • हरेक महिना प्रचारकार्यमा धेरै समय बिताए तापनि हामीले आफ्नो व्यक्‍तिगत अध्ययनलाई किन प्राथमिकता दिनुपर्छ?

  • मरियमको हामी कसरी अनुकरण गर्न सक्छौं?

  • परमेश्‍वरको वचन मनन गर्न तपाईं कुन समय छुट्ट्याउनुहुन्छ?

  • प्रचार गर्दा तपाईंलाई कुन कुराले आनन्द दिन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने