इटालीमा घरघरको प्रचार गर्दै
नमुना प्रस्तुति
प्रहरीधरहरा
परिचय: के हाम्रो मृत्यु होस् भन्ने परमेश्वरको उद्देश्य थियो?
बाइबल पद: प्रका २१:४
अन्तमा: यस अङ्कको प्रहरीधरहरा-मा जीवन र मृत्युबारे बाइबलले के सिकाउँछ त्यसबारे बताइएको छ।
सत्य सिकाउनुहोस्
बाइबल अध्ययन कसरी गरिन्छ?
अन्तमा: यहोवाका साक्षीहरूसित निश्शुल्क बाइबल अध्ययन गरेर निम्न प्रश्नहरूको जवाफ पाउन सक्नुहुन्छ: यति धेरै दुःखकष्ट हुनुको कारण के हो? परिवार सुखी बनाउन के चाहिन्छ? यो छोटो भिडियोमा बाइबल अध्ययन सञ्चालन कसरी गरिन्छ, देखाइएको छ। [बाइबल अध्ययन कसरी गरिन्छ? भन्ने भिडियो देखाउनुहोस्] हामी यो प्रकाशनबाट छलफल गर्छौं। [अध्ययन गर्ने कुनै एउटा प्रकाशन देखाउनुहोस् अनि मिल्छ भने बाइबल अध्ययन कसरी गरिन्छ देखाउनुहोस्]
मेरो प्रस्तुति
नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्।