प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जनवरी p. १३
  • सबैलाई प्रचार गर्न व्यवस्थित

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबैलाई प्रचार गर्न व्यवस्थित
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—बेग्लै भाषा बोल्ने मानिसलाई साक्षी दिनुहोस्‌
    हाम्रो राज्य सेवा—२०१५
  • विदेशी भाषा बोल्नेहरूको क्षेत्र विकास गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००९
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—इलाकाका हरेक मानिसलाई भेट्‌नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • विभिन्‍न भाषा बोलिने इलाकामा मिलेर प्रचार गर्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जनवरी p. १३
एक भाइ आफ्नो ट्याबलेटमा ‘JW ल्याङ्‌ग्वेज’ एप चलाउँदै छन्‌।

ख्रिष्टियन जीवन

सबैलाई प्रचार गर्न व्यवस्थित

यहोवाले इस्राएलीहरूलाई व्यवस्थित पार्नुभएजस्तै आज पनि उहाँ आफ्ना मानिसहरूलाई उहाँको इच्छाअनुसार गर्न व्यवस्थित पार्नुहुन्छ। संसारभरि शाखा कार्यालयहरू, सर्किटहरू, मण्डलीहरू र क्षेत्र सेवा समूहहरू एकसाथ मिलेर सुसमाचार प्रचार गर्ने काममा भाग लिन्छन्‌। हामी अर्कै भाषा बोल्ने मानिसहरू लगायत सबैलाई प्रचार गर्छौं।—प्रका १४:६, ७.

अरूलाई सत्य सिक्न मदत गर्न के तपाईँले अर्कै भाषा सिक्नेबारे विचार गर्नुभएको छ? तपाईँसित नयाँ भाषा सिक्ने समय छैन भने पनि JW ल्याङ्‌ग्वेज एप प्रयोग गरेर कुनै सरल प्रस्तुति सिक्न सक्नुहुन्छ। प्रथम शताब्दीका ख्रिष्टियनहरूले अरू ठाउँका मानिसहरूलाई तिनीहरूकै भाषामा “परमेश्‍वरको विषयमा अद्‌भुत कुराहरू” सुनाएका थिए। आफ्नै भाषामा सुसमाचार सुन्‍न पाउँदा तिनीहरू आश्‍चर्यचकित भएका थिए। यसरी अरूलाई प्रचार गर्नुहुँदा सायद तपाईँ पनि ती ख्रिष्टियनहरूजस्तै हर्षित हुनुहुनेछ।—प्रे २:७-११.

यहोवाको साथी बनौँ—अर्कै भाषामा प्रचार गर भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ‘यहोवाको साथी बनौँ—अर्कै भाषामा प्रचार गर’ भिडियोको एक दृश्‍य। अर्कै भाषा बोल्ने स्त्रीलाई प्रचार गर्न दोभासे रोबोटले मदत गरेको मनिष कल्पना गर्छन्‌।

    तपाईँ JW ल्याङ्‌ग्वेज एप कस्तो अवस्थामा प्रयोग गर्न सक्नुहुन्छ?

  • ‘यहोवाको साथी बनौँ—अर्कै भाषामा प्रचार गर’ भिडियोको एक दृश्‍य। ‘JW ल्याङ्‌ग्वेज’ एपको अभिवादन र परिचय पृष्ठ।

    यसका केही विशेषताहरू के-के हुन्‌?

  • ‘यहोवाको साथी बनौँ—अर्कै भाषामा प्रचार गर’ भिडियोको एक दृश्‍य। त्यही स्त्री मनिष र मनिषाले चिनियाँ भाषामा अभिवादन गरेको सुन्दा खुसी हुन्छिन्‌।

    फरक-फरक भाषा बोल्ने सबै मानिसलाई सुसमाचार सुनाउनुपर्छ

    तपाईँको इलाकामा कुन-कुन भाषा बोल्ने मानिसहरू छन्‌?

  • सुसमाचारप्रति चासो देखाउने व्यक्‍तिले अर्कै भाषा बोल्छन्‌ भने तपाईँले के गर्नुपर्छ?—od पृ. १००-१०१ अनु. ३९-४१

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने