ख्रिष्टियन जीवन
तपाईँ उहाँहरूबाट के सिक्न सक्नुहुन्छ?
के तपाईँ हालै नियुक्त गरिएको सहायक सेवक वा एल्डर हुनुहुन्छ? मण्डलीका अरू एल्डर वा सहायक सेवकसित नभएको सीप, क्षमता वा शैक्षिक योग्यता तपाईँसित छ होला। तैपनि ढल्कँदो उमेर, बिग्रँदो स्वास्थ्य वा पारिवारिक जिम्मेवारीहरूको कारण एल्डर वा सहायक सेवकको रूपमा सेवा गर्न छोड्नुभएका परिपक्व दाजुभाइहरूबाट तपाईँ धेरै कुरा सिक्न सक्नुहुन्छ।
अनुभवी पुरुषहरूको आदर गर्नुहोस् भन्ने भिडियो हेर्नुहोस्। त्यसपछि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
१. रिचार्डस् भाइले बेलो दाइलाई आदर गरेको कसरी देखाउनुभयो?
२. बेन भाइले कुन कुरामा विचार पुऱ्याउनुभएन र किन?
३. बेन भाइले एलिसाको उदाहरणबाट के सिक्नुभयो?
४. तपाईँ भाइ होस् वा बहिनी, अनुभवी ख्रिष्टियनहरूबाट के सिक्न सक्नुहुन्छ? उहाँहरूलाई आदर गरेको कसरी देखाउन सक्नुहुन्छ?