प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 नोभेम्बर p. ७
  • क्षेत्र सेवाको सभा कसरी प्रभावकारी बनाउन सकिन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाको सभा कसरी प्रभावकारी बनाउन सकिन्छ?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • क्षेत्र सेवाको सभा कस्तो हुनुपर्छ?
    हाम्रो राज्य सेवा—२०१५
  • क्षेत्र सेवाको लागि गरिने सभाबाट पूरापूर लाभ उठाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००६
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००१
  • क्षेत्र सेवाको सभा
    हाम्रो राज्य सेवकाई—२००९
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 नोभेम्बर p. ७
तस्बिरहरूको सँगालो: १. एक भाइ क्षेत्र सेवाको सभा सञ्चालन गर्नको लागि तयारी गर्दै छन्‌। तस्बिरमा पर्चाहरू, समाचार र घरधनीले पर्चा लिन इन्कार गरेको देखाइएको छ। २. अर्को दिन ती भाइले पर्चा र बाइबल हातमा लिएर क्षेत्र सेवाको सभा सञ्चालन गर्दै छन्‌।

ख्रिष्टियन जीवन

क्षेत्र सेवाको सभा कसरी प्रभावकारी बनाउन सकिन्छ?

मण्डलीको सबै सभाजस्तै क्षेत्र सेवाको सभा पनि एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाउने यहोवाको प्रबन्ध हो। (हिब्रू १०:२४, २५) क्षेत्र सेवाको सभा पाँचदेखि सात मिनेटभन्दा लामो हुनु हुँदैन। यसमा साथी मिलाउनु, इलाका बाँड्‌नु र प्रार्थना गर्नु पनि समावेश छ। (यो सभा अर्को सभाको लगत्तै गरिएको छ भने अझै छोटो हुनुपर्छ।) सञ्चालकले त्यस दिन क्षेत्र सेवामा भाग लिनेहरूका लागि व्यावहारिक हुने विषयवस्तु तयार गर्नुपर्छ। उदाहरणको लागि, हप्ताभरि क्षेत्र सेवामा भाग लिन नसकेकाहरूको लागि शनिबारको क्षेत्र सेवाको सभामा घरधनीसित कसरी कुराकानी गर्ने भनेर छलफल गर्नु व्यावहारिक हुन सक्छ। अरू कस्ता विषय समावेश गर्नु फाइदाजनक हुन सक्छ?

  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका-को एउटा नमुना कुराकानी।

  • हालसालैको कुनै घटना वा समाचार उल्लेख गर्दै कसरी कुराकानी सुरु गर्न सकिन्छ?

  • मानिसहरूले प्रायः जनाउने असहमतिको कसरी सामना गर्न सकिन्छ?

  • नास्तिक, क्रमविकासमा विश्‍वास गर्ने, अर्कै भाषा बोल्ने वा तपाईँको इलाकामा साधारणतया नभेटिने धर्ममा आस्था राख्ने मानिसहरूसित कसरी कुरा गर्न सकिन्छ?

  • JW लाइब्रेरी एप-को, jw.org वेबसाइटको वा बाइबलको कुनै एउटा विशेषता कसरी प्रयोग गर्न सकिन्छ?

  • शिक्षण सामग्री कसरी प्रयोग गर्न सकिन्छ?

  • टेलिफोन साक्षी, चिठी लेख्ने, सार्वजनिक साक्षीकार्य, पुनःभेट वा बाइबल अध्ययनजस्ता साक्षीकार्यका विभिन्‍न पक्षमा कसरी भाग लिन सकिन्छ?

  • सुरक्षालाई ध्यान दिने, चनाखो हुने, असल आचरण देखाउने, सकारात्मक मनोवृत्ति राख्ने वा यस्तै अन्य विषयको लागि सम्झौटाहरू।

  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌ पुस्तिकाबाट कुनै पाठ वा भिडियो।

  • आफ्नो साथीलाई कसरी प्रोत्साहन र मदत दिन सकिन्छ?

  • क्षेत्र सेवासित सम्बन्धित कुनै शास्त्रपद वा प्रोत्साहनदायी अनुभव।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने