ख्रिष्टियन जीवन
काम पछि सार्ने बानी हटाउन मदत
यहोवाले आहाबको घरानाको नामोनिसान मेटाइदिनू भन्नुहुँदा येहुले आफूले पाएको काम पछि सारेनन्। (२रा ९:६, ७, १६) कोही-कोही यसो भन्छन्: “म केही वर्षपछि बप्तिस्मा गर्छु होला।” “म छिट्टै नै दिनहुँ बाइबल पढ्ने बानी बसाल्छु।” “राम्रो काम पाएपछि त अग्रगामी सेवा सुरु गरिहाल्छु नि!” बाइबलले हामीलाई यहोवाको उपासनासम्बन्धी कामकुरा पछि सार्ने बानी हटाउन मदत गर्छ।
तल दिइएका बाइबल पदहरूले काम पछि सार्ने बानी हटाउन कसरी मदत गर्छ?