प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 सेप्टेम्बर p. १३
  • धर्ममा आस्था नभएका मानिसहरूलाई सृष्टिकर्ता चिन्‍न मदत गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धर्ममा आस्था नभएका मानिसहरूलाई सृष्टिकर्ता चिन्‍न मदत गर्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • धर्ममा आस्था नराख्ने मानिसहरूको मनसम्म कसरी पुग्न सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • शिक्षण सामग्री प्रयोग गर्न सिपालु हुनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • सत्य सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • प्रमाणहरू केलाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 सेप्टेम्बर p. १३
एउटी बहिनी एसियाली मूलकी युवतीलाई साक्षी दिँदै छिन्‌।

ख्रिष्टियन जीवन

धर्ममा आस्था नभएका मानिसहरूलाई सृष्टिकर्ता चिन्‍न मदत गर्नुहोस्‌

धर्ममा आस्था नभएका मानिसहरू भेट्‌दा तिनीहरूले हाम्रो सन्देश सुन्दैनन्‌ होला भनेर के तपाईँ साक्षी दिनदेखि पछि हट्‌नुहुन्छ? त्यसो हो भने नास्तिकहरूलगायत धर्ममा आस्था नभएका अरू थुप्रै मानिस यहोवाको साक्षी बनेका छन्‌ भनेर याद गर्नुहोस्‌। तिनीहरूलाई केवल सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुराको चित्तबुझ्दो प्रमाण पाउन मदत चाहिएको थियो।—रोमी १:२०; १०:१४.

नबिर्सनुहोस्‌—विश्‍वास नभएका मानिसहरूले समेत विश्‍वास विकास गर्न सक्छन्‌!—धर्ममा आस्था नभएका मानिसहरू भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नको जवाफ दिनुहोस्‌:

धर्ममा आस्था नभएकाहरूलाई साक्षी दिने सन्दर्भमा सकारात्मक हुन टोमासोको अनुभवबाट तपाईँले कस्तो मदत पाउनुभयो?

हामी कसरी यसो गर्न सक्छौँ?

‘मलाई ईश्‍वर हुनुहुन्छ जस्तो लाग्दैन’ भनेर कसैले बताउँदा दयालु हुनुहोस्‌, कौशलता अपनाउनुहोस्‌ अनि तिनको विचार र भावनाप्रति गहिरो चासो देखाउनुहोस्‌। (२ति २:२४) तिनलाई चासो लाग्न सक्ने विषयहरूमा कुराकानी गर्नुहोस्‌। सृष्टिकर्ता हुनुहुन्छ भनेर विश्‍वास गर्न थुप्रैलाई मदत गरेका प्रमाणहरू केलाउन के तिनी इच्छुक छन्‌? यदि छन्‌ भने त्यस उद्देश्‍यको लागि तयार पारिएका प्रकाशन र भिडियोहरू प्रयोग गर्नुहोस्‌। जीवन सृष्टि कि संयोग? अनि जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्‍न पुस्तिकाहरू भेट्टाउन सजिलो होस्‌ भनेर हाम्रो शिक्षण सामग्रीमा थपिएका छन्‌।

ईश्‍वरमाथि आस्था नभएका मानिसहरूलाई साक्षी दिन सुरुमा त तपाईँलाई अप्ठ्यारो लाग्न सक्छ। त्यसो हो भने अनुभवी प्रकाशकसित मदत माग्नुभए कसो होला? यो कुरा पनि याद गर्नुहोस्‌, सुरुमा कसैले ईश्‍वर हुनुहुन्छ भनेर विश्‍वास नगरे तापनि यहोवा तिनको उचित मनसाय याद गर्नुहुन्छ अनि तिनको मनसम्म पुग्न हामीलाई मदत गर्न सक्नुहुन्छ।—प्रे १३:४८.

“जीवन सृष्टि कि संयोग?” पुस्तिका।
“जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्‍न” पुस्तिका।
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने