ख्रिष्टियन जीवन
‘केही छुट्ट्याएर राख्नुहोस्’
हामीले अनुदान दिने सन्दर्भमा पहिल्यै योजना बनाउनुपर्छ। प्रेषित पावलले सुझाव दिएझैँ हामीले नियमित रूपमा ‘केही छुट्ट्याएर राख्नुपर्छ।’ (१को १६:२) बाइबलमा पाइने यो सल्लाह लागू गर्दा हामीले साँचो उपासनालाई टेवा पुऱ्याइरहेका हुन्छौँ र आनन्दित हुन सक्नेछौँ। हामीलाई आफूले दिने अनुदान एकदम थोरै जस्तो लाग्ला। तर “आफूसित भएका अनमोल कुराहरू यहोवालाई दिएर” उहाँको आदर गर्ने प्रयास गर्दा यहोवा त्यसको निकै कदर गर्नुहुन्छ।—हित ३:९.
केही छुट्ट्याएर राख्नुभएकोमा धन्यवाद भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
अनुदान दिन पहिल्यै योजना बनाउँदा कस्तो फाइदा हुन्छ?
कसै-कसैले ‘केही छुट्ट्याएर राख्न’ कस्तो योजना बनाएका छन्?