प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 अप्रिल pp. १४-१९
  • एकअर्कासित नजिक हुनु असल कुरा हो!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एकअर्कासित नजिक हुनु असल कुरा हो!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामी किन भाइबहिनीसित अझ नजिक हुनुपर्छ?
  • एकअर्काको आदर गर्नुहोस्‌
  • “तिमीहरूबीच फुट नहोस्‌”
  • “कामद्वारा साँचो प्रेम” गर्नुहोस्‌
  • यहोवा तपाईँलाई कोमल स्नेह देखाउनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • “परमेश्‍वरको नजिक जानु उत्तम छ”!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • अरूलाई दिँदा तपाईँ आनन्दित हुन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 अप्रिल pp. १४-१९

अध्ययन लेख १६

गीत ८७ आऊ, स्फूर्ति पाऔँ!

एकअर्कासित नजिक हुनु असल कुरा हो!

“हेर! दाजुभाइहरू आपसमा मिलेर बस्नु कत्ति असल र मनोहर कुरा हो!”—भज. १३३:१.

सिक्न सकिने कुरा

हामी भाइबहिनीसित कसरी नजिक हुन सक्छौँ र नजिक हुँदा हामीले कस्ता आशिष्‌हरू पाउँछौँ?

१-२. यहोवा कुन कुरामा एकदमै चासो राख्नुहुन्छ र हामीले के गरेको चाहनुहुन्छ?

हामी अरूसित कस्तो व्यवहार गर्छौँ, त्यसमा यहोवा एकदमै चासो राख्नुहुन्छ। येसुले पनि हामीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ भनेर सिकाउनुभयो। (मत्ति २२:३७-३९) यसमा यहोवाको सेवा नगर्ने व्यक्‍तिहरूलाई समेत दयालु व्यवहार गर्नु समावेश छ। यसो गर्दा हामीले यहोवा परमेश्‍वरको अनुकरण गरिरहेका हुन्छौँ। उहाँले “दुष्ट र सज्जन दुवैमाथि घाम लगाइदिनुहुन्छ अनि धर्मी र अधर्मी दुवैमाथि पानी बर्साउनुहुन्छ।”—मत्ति ५:४५.

२ हुनत यहोवा सबै मानिसलाई प्रेम गर्नुहुन्छ तर उहाँको आज्ञा पालन गर्नेहरूलाई अझ धेरै प्रेम गर्नुहुन्छ। (युह. १४:२१) यहोवा हामीले उहाँको अनुकरण गरेको चाहनुहुन्छ। उहाँ हामीलाई भाइबहिनीलाई “प्रगाढ प्रेम” गर्न र “कोमल स्नेह” देखाउन आग्रह गर्नुहुन्छ। (१ पत्रु. ४:८; रोमी १२:१०) यस्तो प्रकारको प्रेम र स्नेह हामी अक्सर आफ्नो परिवारको कुनै सदस्य वा घनिष्ठ साथीप्रति महसुस गर्छौँ।

३. प्रेमबारे हामीले कुन कुरा बुझ्नुपर्छ?

३ बोटबिरुवा हुर्काउन त्यसलाई मलजल गर्नुपर्छ। त्यसरी नै भाइबहिनीप्रतिको प्रेमलाई बढाउन पनि हामीले आफ्नो तर्फबाट प्रयास गर्नुपर्छ। प्रेषित पावलले ख्रिष्टियनहरूलाई यस्तो सल्लाह दिए: “तिमीहरूको भ्रातृप्रेम कायम रहोस्‌।” (हिब्रू १३:१) यहोवा हामीले भाइबहिनीप्रतिको प्रेम बढाउँदै लगेको चाहनुहुन्छ। यस लेखमा हामी भाइबहिनीसित किन अझ नजिक हुनुपर्छ र हामी कसरी त्यसो गरिरहन सक्छौँ भनेर बुझ्नेछौँ।

हामी किन भाइबहिनीसित अझ नजिक हुनुपर्छ?

४. हामीमाझ भएको एकताको मोल गरिरहन हामी के गर्न सक्छौँ? (भजन १३०:१) (चित्रहरू पनि हेर्नुहोस्‌।)

४ भजन १३३:१ पढ्‌नुहोस्‌। भजनरचयिताले यहोवालाई प्रेम गर्नेहरूसित मित्रता गाँस्नु “असल” र “मनोहर” कुरा हो भने। यो कुरामा हामी पनि सहमत छौँ। उदाहरणको लागि, पहिलो चोटि कुनै विशाल रूख देख्दा हामीलाई त्यो एकदमै विशेष लाग्न सक्छ। तर दिनदिनै देख्दा भने सामान्य लाग्न सक्छ। त्यसरी नै हामीमाझ भएको एकता पनि विशेष छ। तर भाइबहिनीहरूलाई भेटिरहने भएकोले हामीमाझ भएको एकता सामान्य लाग्न सक्छ। त्यसोभए हाम्रो एकताको मोल गरिरहन हामी के गर्न सक्छौँ? प्रत्येक भाइबहिनी मण्डलीको लागि र आफ्नो लागि कत्ति बहुमूल्य छन्‌ भन्‍ने कुरामा मनन गर्न सक्छौँ। यसो गऱ्‍यौँ भने तिनीहरूप्रतिको हाम्रो प्रेम बढ्‌दै जानेछ।

चित्रहरूको सँगालो: १. एउटी बहिनी सुन्दर रूख हेर्दै छिन्‌। २. पछि ती बहिनी अधिवेशनमा एउटी बहिनीलाई अङ्‌गालो हाल्छिन्‌। अरू पनि रमाएर कुरा गर्दै छन्‌।

हामीमाझ भएको एकतालाई कहिल्यै पनि हल्कासित नलेऔँ (अनुच्छेद ४ हेर्नुहोस्‌)


५. हामीमाझ भएको प्रेम देखेर कसै-कसैलाई कस्तो प्रभाव परेको छ?

५ येसुले भन्‍नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।” (युह. १३:३५) हामीमाझ भएको यस्तो प्रेम देख्दा पहिलो चोटि सभामा आएका थुप्रैको मन छोएको छ। यस्तो प्रेम देख्दा मात्रै पनि तिनीहरू ‘साँचो धर्म यही हो’ भन्‍ने कुरामा विश्‍वस्त भएका छन्‌। विश्‍वविद्यालयमा पढिरहेकी चैत्राको अनुभव विचार गरौँ। तिनले यहोवाका साक्षीहरूसित अध्ययन गर्न थालिन्‌ र पहिलो चोटि हाम्रो अधिवेशनमा पनि गइन्‌। पहिलो दिन उपस्थित भएपछि तिनले आफ्नो बाइबल अध्ययन सञ्चालकलाई यसो भनिन्‌: “मलाई मेरो आमाबुबाले पनि कहिल्यै अङ्‌गालो हाल्नुभएको छैन। तर तपाईँहरूको अधिवेशनमा मलाई धेरै जनाले अङ्‌गालो हाल्नुभयो। गन्दै गएको त ५२ चोटि पुगेछ! त्यहाँ मैले यहोवाको प्रेम महसुस गर्न सकेँ। म पनि यो परिवारको भाग बन्‍न चाहन्छु।” चैत्राले प्रगति गर्दै गइन्‌ र २०२४ मा बप्तिस्मा गरिन्‌। हो, हाम्रो असल काम र हामीमाझ भएको प्रेम देखेर कोही-कोही यहोवाको सेवा गर्न उत्प्रेरित भएका छन्‌।—मत्ति ५:१६.

६. भाइबहिनीसित नजिक हुँदा कसरी हाम्रो सुरक्षा हुन्छ?

६ भाइबहिनीसित नजिक हुँदा हाम्रो सुरक्षा हुन्छ। पावलले भाइबहिनीहरूलाई यसो भने: “दिनदिनै एकअर्कालाई प्रोत्साहन दिँदै बलियो बनाओ ताकि तिमीहरूमध्ये कोही पनि पापको भ्रामक शक्‍तिले गर्दा कठोर नहोस्‌।” (हिब्रू ३:१३) कहिलेकाहीँ हामी निराश भएर धार्मिकताको मार्गबाट तर्किन थालेको मण्डलीको कुनै भाइबहिनीले याद गर्न सक्छन्‌। अनि यहोवाले ती भाइ वा बहिनीलाई चलाएर हामीलाई आवश्‍यक मदत दिनुहुन्छ। (भज. ७३:२, १७, २३) यस्तो मदत पाउनु साँच्चै असल कुरा हो नि, होइन र?

७. प्रेम र एकताबीच कस्तो सम्बन्ध छ? (कलस्सी ३:१३, १४)

७ हामी विश्‍वव्यापी परिवारको भाग हौँ र एकअर्कालाई प्रेम देखाउन सक्दो कोसिस गर्छौँ। (१ युह. ४:११) त्यसैले हामीले थुप्रै आशिष्‌ पाएका छौँ। जस्तै, प्रेमले गर्दा नै हामी ‘एकअर्कालाई सहिरहन्छौँ’ अनि यसो गर्दा भाइबहिनीसित एकतामा रहिरहन सक्छौँ। (कलस्सी ३:१३, १४ पढ्‌नुहोस्‌; एफि. ४:२-६) त्यसैले हाम्रा सभाहरूमा न्यानो वातावरण छाउँछ। यस्तो प्रेम र एकता संसारमा कतै पनि पाइँदैन।

एकअर्काको आदर गर्नुहोस्‌

८. भाइबहिनीमाझ एकतामा रहिरहन यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ?

८ हाम्रो विश्‍वव्यापी परिवारमा छाएको एकता चमत्कार नै हो। हामी त्रुटिपूर्ण भए पनि यहोवाले हामीमाझ यस्तो एकता सम्भव तुल्याउनुभएको छ। (१ कोरि. १२:२५) “आपसमा प्रेम गर्नुपर्छ” भनेर हामीलाई परमेश्‍वरले नै सिकाउनुभएको हो। (१ थिस्स. ४:९) अर्को शब्दमा भन्‍नुपर्दा, एकअर्कासित नजिक हुन हामीले के गर्नुपर्छ भनेर यहोवाले बाइबलमा बताउनुभएको छ। ती कुराहरू अध्ययन गरेर र लागू गरेर हामी ‘परमेश्‍वरबाटै सिक्न’ सक्छौँ। (हिब्रू ४:१२; याकु. १:२५) हो, हामी त्यसै गर्न प्रयास गर्छौँ।

९. रोमी १२:९-१३ बाट एकअर्काको आदर गर्नेबारे के सिक्न सक्छौँ?

९ परमेश्‍वरको वचनले हामीलाई एकअर्कासित नजिक हुन कसरी सिकाउँछ? यसबारे पावलले रोमी १२:९-१३ मा के भने विचार गरौँ। (पढ्‌नुहोस्‌।) पद १० मा तिनले यसो भने, “एकअर्काको आदर गर्नमा अगुवाइ लेओ।” तिनले के भन्‍न खोज्दै थिए? हामी आफै अग्रसर भएर अरूलाई कोमल स्नेह देखाउनुपर्छ, अतिथि-सत्कार गर्नुपर्छ र उदार हुनुपर्छ। (एफि. ४:३२) भाइबहिनीसित नजिक हुन तिनीहरू हामीकहाँ आओस्‌ भनेर पर्खेर बस्नु हुँदैन। बरु हामी आफैले “अगुवाइ” लिनुपर्छ अर्थात्‌ अग्रसर हुनुपर्छ। यसो गऱ्‍यौँ भने येसुले भन्‍नुभएको यो कुराको सत्यता अनुभव गर्नेछौँ: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”—प्रेषि. २०:३५.

१०. एकअर्काको आदर गरेको देखाउने एउटा तरिका के हो? (चित्र पनि हेर्नुहोस्‌।)

१० “एकअर्काको आदर गर्नमा अगुवाइ लेओ” भनेपछि पावलले यसो पनि भने: “मेहनती होओ, अल्छी नगर।” मेहनती मानिस जोसिलो र लगनशील हुन्छ; उसले आफूलाई दिइएको काम मन लगाएर पूरा गर्छ। हितोपदेश ३:२७, २८ ले हामीलाई यस्तो आग्रह गर्छ: “तिमीसँग अरूलाई केही दिने क्षमता छ भने खाँचोमा परेकालाई मदत गर्न पछि नहट।” त्यसैले कसैलाई हाम्रो मदत चाहिएको याद गऱ्‍यौँ भने हामी तिनलाई तुरुन्तै मदत गर्छौँ। ‘तिनलाई अरूले नै मदत गरिहाल्छ नि’ भनेर बस्दैनौँ।—१ युह. ३:१७, १८.

एक जवान भाइ भऱ्‍याङ चढेर वृद्ध दाइको घरको छानामा जम्मा भएका पातहरू सफा गर्दै छन्‌।

खाँचोमा परेका भाइबहिनीहरूलाई मदत गर्न हामी अग्रसर हुनुपर्छ (अनुच्छेद १० हेर्नुहोस्‌)


११. एकअर्कासित नजिक भइरहन हामीले के गर्नुपर्छ?

११ एकअर्काको आदर गर्ने अर्को तरिका कसैले हाम्रो चित्त दुखाउँदा तिनलाई क्षमा दिन तयार हुनु हो। एफिसी ४:२६ यसो भन्छ: “घाम डुब्नुअघि नै तिमीहरूको रिस मरोस्‌।” किन? किनभने पद २७ अनुसार हामीले आफ्नो मनमा रिस पालिराख्यौँ भने ‘दियाबलले मौका पाउनेछ।’ त्यसैले यहोवाले आफ्नो वचनमा हामीलाई पटक-पटक एकअर्कालाई क्षमा दिन आग्रह गर्नुभएको छ। जस्तै, कलस्सी ३:१३ ले हामीलाई ‘एकअर्कालाई खुला मनले क्षमा गरिरहन’ सल्लाह दिन्छ। अरूसित नजिक भइरहन हामीले गर्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा भनेको क्षमा दिनु हो। यसो गऱ्‍यौँ भने हामी “शान्तिको बन्धनमा बाँधिएर पवित्र शक्‍तिद्वारा पाइने एकतामा” रहिरहन सक्नेछौँ। (एफि. ४:३) कुरा स्पष्ट छ, हामीले एकअर्कालाई क्षमा दियौँ भने हामीमाझ भएको शान्ति र एकता कायम रहनेछ।

१२. अरूलाई क्षमा दिन यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ?

१२ हुनत हाम्रो चित्त दुखाएको व्यक्‍तिलाई क्षमा दिन पक्कै सजिलो हुँदैन। तर यहोवाको पवित्र शक्‍तिको मदत पायौँ भने हामी तिनलाई क्षमा दिन सक्छौँ। “मेहनती होओ” भनेर सल्लाह दिएपछि पावलले यसो भने: “पवित्र शक्‍तिले भरिएर जोसिलो होओ।” परमेश्‍वरको पवित्र शक्‍ति पायौँ भने हामी जोस र उत्साहले भरिन्छौँ। (रोमी १२:११) नतिजास्वरूप हामी अरूलाई कोमल स्नेह देखाउन अनि खुला मनले क्षमा दिन उत्प्रेरित हुन्छौँ। त्यसैले हामीले यहोवासित पवित्र शक्‍ति मागिरहनुपर्छ।—लुका ११:१३.

“तिमीहरूबीच फुट नहोस्‌”

१३. केले गर्दा हामीबीच फुट हुन सक्छ?

१३ मण्डलीमा ‘सबै किसिमका मानिसहरू’ छन्‌ र तिनीहरूको पृष्ठभूमि फरक-फरक छ। (१ तिमो. २:३, ४) त्यसैले पहिरन, कोरीबाटी, स्वास्थ्य उपचार वा मनोरञ्जनको सन्दर्भमा हाम्रो छनौट एउटै हुँदैन। (रोमी १४:४; १ कोरि. १:१०) होसियार भएनौँ भने यस्तो भिन्‍नताले नै हामीबीच फुट गराउन सक्छ। ‘आपसमा प्रेम गर्नुपर्छ भनेर हामीले परमेश्‍वरबाटै सिकेका’ छौँ। त्यसैले हामीले अरूको भन्दा आफ्नो छनौट नै राम्रो हो भन्‍ने सोचाइ राख्नु हुँदैन र अरूमाथि आफ्नो सोचाइ लाद्‌नु पनि हुँदैन।—फिलि. २:३.

१४. हामीले सधैँ के गर्ने प्रयास गर्नुपर्छ र किन?

१४ मण्डलीमा फुट हुन नदिन हामीले अरूलाई प्रोत्साहन दिने र अरूको उत्थान गर्ने प्रयास पनि गरिरहनुपर्छ। (१ थिस्स. ५:११) मण्डलीबाट हटाइएका वा निष्क्रिय भएका थुप्रै अहिले मण्डलीमा फर्किरहेका छन्‌। हामी तिनीहरूलाई न्यानो स्वागत गर्न चाहन्छौँ। (२ कोरि. २:८) निष्क्रिय भएको १० वर्ष भइसकेको एउटी बहिनी पहिलो चोटि सभामा आइन्‌। तिनले यसो भनिन्‌: “सबैले मलाई मीठो मुस्कान दिएर स्वागत गर्नुभयो र मसित हात मिलाउनुभयो।” (प्रेषि. ३:१९) भाइबहिनीहरूले त्यसरी न्यानो स्वागत गर्दा तिनले कस्तो महसुस गरिन्‌? तिनी भन्छिन्‌: “म फेरि खुसी हुन सकोस्‌ भनेर यहोवाले नै मेरो हात समाएर मलाई डोऱ्‍याइरहनुभएको जस्तो लाग्यो।” हामी अरूको निम्ति प्रोत्साहनको स्रोत बन्‍न प्रयास गरिरहनुपर्छ। यसो गऱ्‍यौँ भने येसुले हामीलाई “कठोर श्रमले थाकेका र भारले दबिएका” मानिसहरूलाई स्फूर्ति दिन चलाउनुहुनेछ।—मत्ति ११:२८, २९.

१५. एकता बढाउन हामी अर्को के गर्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

१५ अय्युब १२:११ यसो भन्छ: “जसरी जिब्रोले खानेकुरा चाख्छ, त्यसैगरि कानले पनि सुनेको कुरा जाँच्दैन र?” एक जना भान्सेले अरूलाई खानेकुरा दिनुअघि, त्यो कस्तो भयो भनेर सुरुमा आफैले चाख्छ। त्यसरी नै हामीले केही बोल्नुअघि आफूले के भन्‍न लाग्दै छु भनेर विचार पुऱ्‍याउनुपर्छ। (भज. १४१:३) हाम्रो बोली उत्थानदायी र स्फूर्तिदायी छ कि छैन अनि सुन्‍नेहरूलाई त्यसबाट “फाइदा” हुन्छ कि हुँदैन भन्‍ने कुरामा हामीले सधैँ होस पुऱ्‍याउनुपर्छ।—एफि. ४:२९.

एक भाइ आफूले पकाएको खाना पाहुनाहरूलाई दिनुअघि चाख्दै छन्‌।

केही बोल्नुअघि आफूले के भन्‍न लाग्दै छु भनेर विचार पुऱ्‍याउनुहोस्‌ (अनुच्छेद १५ हेर्नुहोस्‌)


१६. आफ्नो बोली उत्थानदायी छ कि छैन भन्‍ने कुरामा कसले अझ होस पुऱ्‍याउनुपर्छ?

१६ पतिहरू र आमाबुबाहरू आफ्नो बोली उत्थानदायी छ कि छैन भन्‍ने कुरामा अझ होसियार हुनुपर्छ। (कल. ३:१९, २१; ति. २:४) एल्डरहरू पनि भाइबहिनीको लागि स्फूर्ति र सान्त्वनाको स्रोत हुनुपर्छ किनकि तिनीहरू यहोवाको बगालका गोठालाहरू हुन्‌। (यसै. ३२:१, २; गला. ६:१) बाइबल यसो भन्छ: “ठीक बेलामा बोलेको कुरा कत्ति असल हुन्छ!”—हितो. १५:२३.

“कामद्वारा साँचो प्रेम” गर्नुहोस्‌

१७. भाइबहिनीहरूलाई निष्कपट प्रेम गरेको हामी कसरी देखाउन सक्छौँ?

१७ प्रेषित युहन्‍नाले हामीलाई “वचन र मुखले होइन तर कामद्वारा साँचो प्रेम” गर्न प्रोत्साहन दिएका छन्‌। (१ युह. ३:१८) त्यसैले हामीले भाइबहिनीलाई निष्कपट प्रेम गर्नुपर्छ। हामी कसरी त्यसो गर्न सक्छौँ? हामी भाइबहिनीसित जति धेरै समय बिताउँछौँ, तिनीहरूसित त्यति नै नजिक हुनेछौँ। अनि हामीबीचको प्रेमको बन्धन पनि अझ प्रगाढ हुनेछ। त्यसैले भाइबहिनीसित सक्दो धेरै समय बिताउनुहोस्‌। जस्तै, सभामा र प्रचारकार्यमा। अरू बेला पनि भाइबहिनीलाई भेट्‌न समय निकाल्नुहोस्‌। यसो गऱ्‍यौँ भने ‘आपसमा प्रेम गर्नुपर्छ भनेर परमेश्‍वरबाटै सिकाइएका हौँ’ भन्‍ने कुरा देखाइरहेका हुन्छौँ। (१ थिस्स. ४:९) अनि हामीले “दाजुभाइहरू आपसमा मिलेर बस्नु कत्ति असल र मनोहर कुरा हो” भनेर आफैले अनुभव गरिरहन सक्नेछौँ!—भज. १३३:१.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • एकअर्कासित नजिक हुनु किन असल कुरा हो?

  • एकअर्काको आदर गर्नमा अगुवाइ लिनु भनेको के हो?

  • हामी कसरी मण्डलीको एकता बढाउन सक्छौँ?

गीत ९० एकअर्कालाई प्रोत्साहन देऔँ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने